काठमाण्डौ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले ८९ करोड ४९ लाख बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा ७४ करोडमा सीमित थियो। 

व्यवसाय बिस्तारमा आक्रामक नीति लिएको बैंकको खूद ब्याज आम्दानीतर्फ समेत राम्रो प्रगति भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब १० करोड रुपैयाँमा सीमित खूद ब्याज आम्दानी बढेर समीक्षा अवधिमा १ अर्ब ३२ करोडको उचाईमा पुुगेको छ । 

यो अवधिमा बैंकले संभावित जोखिम व्यवस्थापन कोषबाट ९ करोड फिर्ता ल्याएको छ भने संभावित जोखिम व्यवस्थापन १८ करोड ५५ लाखले ऋणात्मक छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब ३१ अर्ब निक्षेप संकलन गरी १ खर्ब ७ अर्ब कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब १४ अर्ब निक्षेप संकलन गरी ९४ अर्ब ४४ करोड कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ८ अर्ब ३२ करोड रुपैयाँ रहेको रिजर्ब कोषमा समीक्षा अवधिमा ८ अर्ब ९७ करोड रुपैयाँ जम्मा भएको छ भने ८ अर्ब ७० करोड रहेको चुक्तापूँजी बढेर १० अर्ब ६२ करोड पुुगेको छ । 

यो बैंकको निस्क्रिय कर्जा भने बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ०.७१ प्रतिशत रहेको यस्तो कर्जा बढेर समीक्षा अवधिमा १.०४ प्रतिशत पुुगेको छ । २.८९ प्रतिशतमा सीमित कस्ट अफ फण्ड बढेर ६.०८ प्रतिशत पुुगेको छ । 

यो बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ३४.०३ रुपैयाँ रहेको इपीएस घटेर समीक्षा अवधिमा ३३.६९ रुपैयाँ कायम भएको छ । यो अवधिमा बैंकको प्रतिसयर नेटवर्थ १८४.४७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९.२९ गुणा कायम भएको छ ।