काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७४/७५ मा खूद नाफातर्फ ४२.३३ प्रतिशतको छलाङ हानेको छ । 

समीक्षा अवधिमा १७ करोड ३५ लाख बढी संभावित जोखिम व्यवस्थापनबाट राइट ब्याक गरी यो बैंकले १ अर्ब ८९ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब ४६ करोडमा सीमित थियो । 

बैंकले वितरणयोग्य मुनाफा भने १ अर्ब ९४ करोड आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ३६  करोडमा सीमित थियो । 

बैंकले २ अर्ब २ करोडमा सीमित संचालन नाफालाई ३१.५४ प्रतिशतले बढाएर २ अर्ब ६६ करोडको उचाई चुमाएको छ भने १ अर्ब ९२ करोडमा सीमित खूद ब्याज आम्दानीलाई बढाई २ अर्ब ६६ करोडको उचाईमा पुर्याएको छ । 

समीक्षा अवधिमा प्राइमक कमर्सियल बैंकले ८१ अर्ब ३१ करोड निक्षेप संकलन गरी ७० अर्ब ९२ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ६६ अर्ब निक्षेप संकलन गरी ५८ अर्ब ६८ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले जगेडाकोषतर्फ भने छलाङ नै मारेको देखिएको छ । अघिल्लो वर्षसम्म १ अर्ब ८८ करोड रहेको कोषको आकार बढाई ३ अर्ब ७१ करोडमा पुर्याएको छ । 

बैंकले ०.८८ प्रतिशतमा रहेको खराब कर्जा अनुपात घटाएर ०.६६ मा झारेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २४.१८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४६.२० रुपैयाँ कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी १६.९९ रुपैयाँ रहेको थियो । यसरी इपीएसतर्फ बैंकले ४२.३३ प्रतिशतको छलाङ मारेको देखिएको छ । 

समीक्षा अवधिमा बैंकको मूल्यआम्दानी अनुपात १२.१९ गुणा, प्रतिसेयर नेटवर्थ १४०.९९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११९२.१४ रुपैयाँ र तरलता अनुपात २५.६१ रहेको छ । 

यस्तै, इक्वीटीमा प्रतिफल १७.१८ प्रतिशत र सम्पत्तिमा प्रतिफल २.१८ प्रतिशत कायम भएको छ ।