काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा डोकेको छ।
बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा चितवनको सौराहास्थित होटेल सेन्ट्रल पार्कमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।
सभाले पुनः १ः१ अनुपातमा हकप्रद निष्कासन प्रक्रिया अगाडि बढाउने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। जारी तथा चुक्तापुँजी वृद्धि गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट प्राप्त निर्देशनसमेतलाई ध्यानमा राखी बैंकले हालकायम चुक्तापुँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको कुल १ः१ अनुपातमा हकप्रद सेयर जारी गरिरहेको छ। यो हकप्रद बिक्रीपश्चात कायम हुने चुक्तापुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँको पुनः १ः१ अनुपातमा हकप्रद जारी गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट सहमति प्राप्त भएपश्चात सम्बन्धित नियमनकारी निकायबाट स्वीकृति लिई आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय सभाले गर्नेछ।
अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कामकारबाही अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण विवरणहरु पारित गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले यही पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै सभामा भाग लिन योग्य हुनेछन्।
9 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago