काठमाण्डौ । नारायणी डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले २१ लाख ९ हजार रुपैयाँ खु्द घाटा भएको छ। गत वर्षको यही अवधिसम्म बैंकले ५२ लाख ५४ हजार रुपैयाँ घाटा व्यहोरेको थियो। 

यो अवधिसम्म बैंकलाई २१ लाख ९ हजार रुपैयाँ सञ्चालन घाटा भएको छ। गत वर्ष यही अवधिसम्म बैंकको सञ्चालन घाटा ५७ लाख ९१ हजार रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ५३ लाख ८३ हजार रुपैयाँ रहेको छ। 

चुक्तापुँजी २३ करोड १४ लाख रुपैयाँ रहेको बैंकले तेस्रो त्रैमाससम्म २२ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरी २१ करोड ७६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा बैंकले ९ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरी २६ करोड ७८ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।

यो अवधिसम्म कम्पनीको रिटेन अर्निङ २२ करोड ९ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीको रिटेन अर्निङ २१ करोड २७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो। 

बैंकले खराब कर्जा अनुपात (एनपीएल) घटाएर २.८६ प्रतिशतमा झार्न सफल भएको छ। गत वर्ष एनपीएल २५.९० प्रतिशत थियो। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २.१२ रुपैयाँ ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा ईपीएस ४ रुपैयाँले ऋणात्मक थियो। 

कम्पनीको प्रतिसेयर नेटवर्थ ६१.७४ र तरलता अनुपात ६०.६५ प्रतिशत रहेको छ।