काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई सतप्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ।

बोर्डले मंगलबार (पुस २० गते) यो बैंकलाई १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो। योसँगै अब बैंकले ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँबराबरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। 

बैंकको १८ औँ वार्षिक साधारणसभाबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको विशेष प्रस्ताव पारित गरेको थियो। सोहीअनुसार बैंकले बोर्डमा निष्कासन अनुमति मागेको थियो।

यो हकप्रद बिक्रीपछि बैंकको चुक्तापुँजी १३ करोड १२ लाख रुपैयाँ पुग्नेछ। 

यसैबीच बैंकले हकप्रद सेयर र १९ औँ वार्षिक साधारणसभा प्रयोजर्ना निष्कासन प्रयोजनार्थ यही पुस २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २८ गतेसम्म कायम सेयरधनीहरुमात्र यो बैंकको हकप्रद किन्न र सभामा भाग लिन योग्य हुनेछन्। 

यही साधारणसभाले फेरि यो सतप्रतिशत हकप्रद बिक्रीपछि कायम हुने चुक्तापुँजी पुनः १ः२ अर्थात २०० प्रतिशत हकप्रद निष्कासनको विशेष प्रस्ताव पारित गर्नेछ। बैंकले सभा आउँदो माघ १६ गते आयोजना गर्दैछ। 

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।