काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सतप्रतिशत हकप्रद सेयर आउँदो माघ १३ गतेबाट निष्कासन हुने भएको छ।

यो बैंकलाई नेपाल धितोपत्र बोर्डले गत पुस २० गते हकप्रद निष्कासनको अनुमति दिएको थियो। सोहीअनुसार बैंकले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको हो।

बैंकले १०० रुपैयाँ अंकित दरका ६ कराड ५६ लाख १६ हजार ९०० रुपैयाँबराबरको कुल ६ लाख ५६ हजार १६९ कित्ता सेयर निष्कासन गर्नेछ। 

यो बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। सेयरधनीहरुले काठमाण्डौको जनमलस्थित ग्लोब आईएमई क्यापिटलको कार्यालय, नारायणी डेभलपमेन्ट बैंकको रजिस्टर्ड कार्यालय वा चितवनका वकुलहर, टाँडी, बीपीकेएम, क्यान्स हस्पिटल र भतरपुर हस्टिल कम्पाउन्डमा रहेका शाखाहरुमा गएर आवेदन दिन सक्नेछन्। 

हकप्रदको निष्कासन बन्द आगामी फागुन ३ गते बैंकिङ समयपछि हुनेछ। 

यो हकप्रद बिक्रीपछि बैंकको चुक्तापुँजी १३ करोड १२ लाख रुपैयाँ पुग्नेछ। 

हकप्रद र १९ औँ वार्षिक साधारणसभा प्रयोजना बैंकले यही पुस २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस २८ गतेसम्म कायम सेयरधनीहरुमात्र यो बैंकको हकप्रद पाउन योग्य हुनेछन्।