काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित हकप्रद सेयर आउँदो चैत ३ गतेबाट लिलामीमा राख्ने भएको छ।

बैंकले गत माघ १३ गतेदखि फागुन ३ गतेसम्म हकप्रद निष्कासन गरेको छ। जसमा बिक्री नभएको संस्थापक समूहको १५ लाख ९७४ कित्ता र सर्वसाधारण समूहतर्फको ६ हजार ५८३ कित्ता (२ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्दा बाँकी रहेको ११६ कित्ता सेयरसमेत) कुल २२ हजार ५५७ कित्ता सेयर बैंकले लिलामीमा राख्न लागेको हो।

लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताहरुले न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतमा भने कुनै हद लाग्ने छैन। 

बोलपत्र धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालय तथा ग्लोबल आईएमई बैंकका शाखाहरु बिर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराह, धनगढी र महेन्द्रनगरमा बोलपत्र पेस गर्न सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति चैत १० गते बैंकिङ समयसम्म तोकिएको छ।