काठमाण्डौ । जि.ओ. फोर्ड, नेपालका लागि फोर्ड गाडीको आधिकारिक बिक्रेताले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा यही चैत्र २ गते शनिवारको दिन हाइयर ग्राउण्ड र पाङ्ग्रोको संयुक्त आयोजनामा ५.२ कि.मी. फन रनको आयोजना गर्यो ।

सो कार्यक्रममा १२०० भन्दा बढी  महिला, बालबालिका र पुरुषहरुको सहभागिता रहेको थियो । विगतका वर्षहरुमा पनि फोर्डले महिला सशक्तिकरणका कार्यक्रमहरु आयोजना गर्दै आएको थियो ।

उक्त दौड प्रतियोगितामा महिलातर्फ  रसिला तमाङ्ग प्रथम, गनिसा महर्जन दोस्रो र सुरेयन्सा खत्रीले तेस्रो स्थान प्राप्त गरेको थिए भने पुरुष तर्फ उज्ज्वल खरेल प्रथम, सोम गुरुङ्ग दोस्रो र सुवर्ण थपलिया ले तेस्रो स्थान प्राप्त गरेका थिए ।

कार्यक्रमको शुरुवात जीम खाना द्धारा हल्का व्यायाम र पछि जुम्बा सेसनको समन्वयमा इलिगेन्ट जुम्बा जोन र डान्स स्टुडियो, नित्य डान्स स्टुडियो र फिटनेस स्टुडियोले गरेका थिए ।

ब्लाइण्ड रक्सकी सृष्टि केसीले समन्वय गरेको फेसन शोमा दृष्टिविहीनको सहभागिता थियो । 

यस फेशन शोलाई पुर्व मिस नेपाल निकिता चन्डकले कोरियोग्राफी गरेकी थिइन् । साथै महिलाहरुका लागि आत्मरक्षाका तरिकाहरुको पनि प्रदर्शन गरिएको थियो । 

कार्यक्रममा महिला उद्यमीहरुले बनाएका नेपाली उत्पादनका सर–सामानहरुका स्टल पनि राखिएका थिए ।