काठमाण्डौ। निकै उतारचढावबीच यो साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ३०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९३ हजार ९०० रुपैयाँ र तेजाी गोल्ड ९३ हजार ४०० रुपैयाँ कायम भएको थियो।
गत बुधबार तोलामै ८०० रुपैयाँ घटेको सुनको भाउ मंगलबार भने ८०० रुपैयाँले नै बढेको थियो। यसैगरी गत सोमबार तोलामा ४०० रुपैयाँले घटेको सुनको मूल्य आइतबार २०० रुपैयाँले बढेको थियो।
समग्रमा यो साताभरि सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको छ।
आज चाँदीको भाउ पनि १५ रुपैयाँ बढेर प्रतितोला १ हजार १९५ रुपैयाँ कायम भएको छ। हिजो बिहीबार पनि ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १८० रुपैयाँ कायम भएको थियो।
समग्रमा यो साताभरि चाँदीको भाउ भने तोलामा २० रुपैयाँले बढेको छ।
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
8 hours ago