काठमाण्डौ । संक्रमणमुक्त भइसकेका हङकङका एक युवकमा पुनः कोरोना पुष्टि भएको छ।

करिब ३० वर्षीय युवकमा पहिलोपटक कोरोना संक्रमण भएर निको भएको झन्डै साढे ४ महिनापछि फेरि दोहोरिएर संक्रमण भएको वैज्ञानिकले बताएका छन्। पहिले संक्रमण भएको भाइरस र अहिलेको भाइरसबीच स्पष्ट रुपमा जिनोममा भिन्नता रहेको वैज्ञानिकहरु दाबी गर्छन्। 

त्यसो त एकै व्यक्तिमा दोहोरिएर कोरोना संक्रमण भएको यो नै विश्वको पहिलो प्रमाणित केस पनि हो।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूूएचओ) ले एकै व्यक्तिमा पुनः संक्रमण देखिएको घटनाबाट अहिले नै कुनै निष्कर्षमा पुग्न नहुने जनाएको छ। 

विशेषज्ञहरुले भने दोहोरिएर हुने संक्रमण अति दुलर्भ रहेको तथा दोस्रोपटक हुने संक्रमण त्यति गम्भीर नहुने पनि दाबी गरेका छन्। किनकि संक्रमित व्यक्तिको शरीरमा भाइरसविरुद्ध लड्ने प्रतिरक्षा प्रणाली विकास हुन्छ र त्यसले पुनः संक्रमण हुनबाट पनि रोक्छ। तर अति दुलर्भ अवस्थामा मात्रै पुनः संक्रमण हुने गर्छ र त्यो त्यति गम्भीर नहुने वैज्ञानिकहरुको ठहर छ। – एजेन्सी