काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र नबिल बैंकबीच आज कात्तिक १४ गते लघुवित्त तथा विपन्नवर्ग कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ।
सम्झौतापत्रमा कोषका तर्फबाट नायब प्रबन्धक विष्णुमणि अधिकारी र नबिल बैंकका तर्फबाट एसएमई तथा लघुवित्त विभाग प्रमुख निरजकुमार बस्नेत (डनिल)ले हस्ताक्षर गरेका छन्। कार्यक्रममा कोषका विभागीय प्रमुखहरु र नबिल बैंकका अधिकारीहरुको उपस्थिति थियो।
सम्झौतापत्रमा हस्ताक्षर भएसँगै नविल बैंकले लघुवित्त तथा विपन्नवर्ग कर्जाअन्तर्गत बिना धितो सामूहिक जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु. १० लाखसम्म, शैक्षिक प्रमाणपत्र धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु. ७ लाखसम्म, धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु. २० लाखसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितोअन्तर्गत लगानी गर्ने प्रतिव्यक्ति रु. १० लाखसम्म र कोषको पूर्वसहमति लिई महिलाद्वारा सञ्चालित लघुउद्यम परियोजनाअन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने रु. १५ लाखसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ।
यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक ०.८ प्रतिशत रहेकोमा ५० प्रतिशत नेपाल सरकारले अनुदानबापत व्यहोर्ने र बाँकी ५० प्रतिशत नबिल बैंकले कोषमा बुझाउनेछ।
कोषमा सुरक्षित कर्जा लिने ऋणीको मृत्यु भएमा वा प्राकृतिक प्रकोपबाट परियोजना नष्ट भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असुली हुन नसकेमा बैंकले दाबी गर्न सक्ने र उक्त दाबीमा कोषले ७५ प्रतिशत भुक्तानी गर्नेछ।
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago