काठमाण्डौ । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रमेश घिमिरेलाई नियुक्त गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। 

राजस्व सचिव कृष्णहरि पुस्करको संयोजकत्वमा गठित सीईओ छनोट तथा सिफारिस समितिले घिमिरेसहित कविराज अधिकारी र रमेश दाहालको नाम सिफारिस गरेको थियो। तीमध्ये घिमिरेलाई मन्त्रिपरिषद्ले सीईओमा नियुक्ति गरेको हो। 

सरकारले घिमिरेलाई ४ वर्षका लागि नियुक्त गरेको हो। यसअघिका विष्णुबाबु मिश्रको कार्यकाल सकिएपछि कोषमा सीईओ पद खाली थियो।