काठमाण्डौ । भारतको रिजर्भ बैंक (आरबीआई) ले देशको निजी क्षेत्रकै सबैभन्दा ठूलो बैंक एचडीएफसी बैंकलाई ठूलो झट्का दिएको छ।

आरबीआईले एचडीएफसी बैंकलाई सबै डिजिटल लन्चिङ रोक्न आदेश दिएको हो। जसमा नयाँ क्रेडिक कार्ड पनि समावेश छ। 

विगत दुई वर्षमा एचडीएफसीले आरबीआईबाट तेस्रोपटक ठूलो झट्का व्यहोर्नुपरेको हो। यद्यपि अहिलेको रोक अस्थायी रहेको बताइएको छ।

स्टक एक्सचेन्जलाई दिइएको जानकारीमा एचडीएफसी बैंकले आरबीआईको आदेशमा हाल बैंकको इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, पेमेन्ट युटिलिटीहरुमा लगातार अवरोध आइरहेको अवगत गराइएको छ। यो विवाद विगत २ वर्षदेखि नै चल्दै आएको हो।

गत नोभेम्बर २१ मा बैंकको इन्टरनेट बैंकिङ र पेमेन्ट सिस्टममा गडबडी आएको थियो। यो गडबढी प्राइमरी डेटा सेन्टरमा पावर फेल भएका कारण भएको थियो।

एचडीएफसीले आफ्नो डिजिटल २.० लन्च गर्ने तयारी गरिरहेको थियो। जसमा थुप्रै डिजिटल च्यानल लन्च हुने छन्। यस्तो आरबीआईको यो आदेशले बैंकलाई ठूलो झट्का लागेको छ। 

आरबीआईले योसँगै हाललाई अन्य सबै बिजनेस जनरेटिङ आईटी एप्लिकेसन पनि रोक्न आदेश दिएको छ। यसमा नयाँ क्रेडिट कार्ड ग्राहकहरुको सोर्सिङ गर्ने काममा पनि बन्देज लगाइएको छ। – एजेन्सी