काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले ६९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १७.८६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ५८ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा १८.७३ प्रतिशतले बढेर ९९ करोड २० लाख रुपैयाँ भएको छ। गत वर्षको यही अवधिसम्म बैंकलाई यस्तो मुनाफा ८३ करोड ५५ लाख रुपैयाँ भएको थियो। 

बैंकको खुद ब्याज आम्दानी भने ३८.०७ प्रतिशतले बढेर १ अर्ब ३१ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ९५ करोड ३७ लाख रुपैयाँ भएको थियो। 

समीक्षा अवधिमा बैंकको रिजर्भ ३४.७४ प्रतिशतले घटेको छ। गत वर्षको यही अवधिमा रिजर्भमा २ अर्ब १५ करोड रुपैयाँ रहेकोमा घटेर १ अर्ब ४० करोड रुपैयाँमा सीमित बनेको छ। 

समीक्षा अवधिमा बैंकले ४० करोड रुपैयाँ बढी निक्षेप संकलन गरी ११ अर्ब ९४ अर्ब बढी कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ३० करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेको छ। गत वर्ष यही अवधिसम्म ५.०२ रुपैयाँ रहेको ईपीएस घटेर ४.२९ रुपैयाँ कायम भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ रु. १०६.५१ र पीई अनुपात ७३.७० गुणा कायम भएको छ।