काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को शनिबार (मंसिर १० गते) सम्पन्न चौथो वार्षिक साधारणभाबाट आर्थिक वर्ष २०७८–७९ को लाभांश अनुमोदन भएको छ।
काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड ब्याङ्क्वेटमा भएको सभाले बैंकको चुक्तापुँजी रु. २१ अर्ब ६० करोडको ४.२१०५५ ले हुने रकम रु. ९० करोड ९४ लाख ६८ हजार नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको प्रबन्धपत्र र नियमावलीमा समयसामयिक संशोधन गर्ने प्रस्तावसमेत सभाबाट सर्वसम्मतिले अनुमोदन भएको छ।
सभाले आर्थिक वर्ष २०७८–७९ कोे वित्तीय विवरणहरुसहितको सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव एवं आर्थिक वर्ष २०७९–८० को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ।
सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गरेका थिए। सभामा बैंक सञ्चालक समितिका सदस्यहरु केदारनाथ शर्मा, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी, शंकरप्रसाद अधिकारी, सुमन पोखरेल, लिमा अधिकारी आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडालगायत बैंक परिवारको उपस्थिति थियो।
स्वदेशी तथा विदेशी वित्त बजारबाट दीर्घकालीन स्रोत संकलन गरी मुलुकको पूर्वाधारका परियोजनाहरुमा लगानिको पहुँच वृद्धि गर्ने उद्देश्यका साथ स्थापित यो बैंक हाल सञ्चालनको चौथो वर्षमा छ। आर्थिक वर्ष २०७८–७९ सम्म आइपुग्दा बैंकले रु. ३२ अर्ब ८९ को कर्जा स्वीकृत गर्दै रु. १५ अर्ब ५८ करोडबरबरको कर्जा प्रवाह गरेको र सोही अवधिमा बैंकले रु. १ अर्ब २ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
बैंकले मुलुकमा निर्माण हुने सबल तथा दीर्घकालीन पूर्वाधारहरुमा सफल अभ्यासहरु अँगाली सार्वजजिक तथा निजी क्षेत्रको सहकार्य र लगानी प्रवर्द्धन गर्ने विषयहरुलाई मुख्य आधार स्तम्भ बनाई चारवर्षे रणनीतिक योजनाअनुरुप व्यावसायिक गतिविधिहरुलाई तीव्रता दिएको छ।
20 hours ago
20 hours ago
20 hours ago
21 hours ago
21 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago