काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा निफ्राले ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ७३.२२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा निफ्राले ४४ करोड २६ लाख खुद नाफा गरेको थियो।
दोस्रो त्रैमासमा निफ्राको सञ्चालन मुनाफा पनि ७३.०९ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा ६३ करोड २३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेकोमा समीक्षा अवधिमा बढेर १ अर्ब ९ करोड रुपैयाँ भएको छ।
यो अवधिमा निफ्राको खुद ब्याज आम्दानी पनि ६०.८८ प्रतिशतले बढेर १ अर्ब ३२ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ८२ करोड ३५ लाख रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिमा निफ्राले ५७ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा निफ्राले ३३ करोड ७७ लाख रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब १३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको निफ्राको रिजर्भको आकार ४१.३० प्रतिशतले घटेर १ अर्ब ६६ करोड रुपैयाँमा खुम्चिएको छ। गत वर्ष यही अवधिमा रिजर्भमा २ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो।
सीडी रेसियो ८३.९९ प्रतिशत रहेको निफ्राको कस्ट अफ फन्ड ९.८७ प्रतिशत रहेको छ।
निफ्राको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ७.०९ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा ईपीएस ४.४३ रुपैयाँ रहेको थियो।
निफ्राको पीई रेसियो ३२.१४ गुणा र प्रतिसेयर नेटवर्थ १०७.७३ रुपैयाँ रहेको छ।
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago