काठमाण्डौ । हालसम्मकै ठूलो नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को आईपीओमा थामिनसक्नु आवेदन परेको छ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्म यो आईपीओमा ११ लाख ८० हजार ११० आवेदकबाट १४ करोड १९ लाख ५२ हजार १४० कित्ता खरिद आवेदन परेको छ। 

यो बैंकले गत पुस २ गतेदबाट कुल ८ करोड कित्ता आईपीओ निष्कासन गरेको छ। कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको छ। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको छ। 

यो हिसाबले निफ्राको आईपीओमा सोमबारसम्म मागभन्दा १.८ गुणा बढी आवेदन परेको छ। आईपीओमा भोलि माघ ६ गते बैंकिङ समयसम्म आवेदन दिन सकिन्छ।