काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले स्पेसल प्रपोज भेहिकल (एसपीभी) कम्पनी स्थापना गर्न पाउने भएको छ।
नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको निर्देशन, २०७८मा संशोधन गर्दै यो व्यवस्था गरेको हो। संशोधित व्यवस्थाअनुसार निफ्राले पूर्वाधारसम्बन्धी परियोजनाहरुको पहिचान, विश्लेषण, सम्भाव्यता अध्ययन एवं लागत अनुमान गरी परियोजना विकास गर्न क्षेत्रगत एसपीभी कम्पनीको स्थापना गर्न पाउनेछ।
निफ्राले यसरी स्थापना गरेको एसपीभीमार्फत सञ्चालन हुने परियोजनाहरुमा निफ्राको लगानी रहेसम्म कर्जा प्रवाह गर्न भने नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
पूर्वाधार विकास बैंकले आवश्यक नीति तर्जुमा गरी प्राथमिक पुँजीको १० प्रतिशतको सीमाभित्र रही जग्गा, भवन वा दुवै खरिद वा भवन निर्माण गर्नुपर्नेछ ।
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
9 hours ago