काठमाण्डौ । लक्ष्मी बैंकले नियमित रुपमा बचत गर्ने सानादेखि ठूला निक्षेपकर्तालाई लक्षित गरी मुद्धती निक्षेपमा नयाँ खालको योजना सार्वजनिक गरेको छ । 

बैंकले “लक्षित मुद्दती” नामको नयाँ प्रोडक्ट सार्वजनिक गरेको हो ।

यो योजनालाई नियमित आम्दानी हुने ग्राहकहरुका लागि मासिक बचतमा उच्चतम ब्याज प्राप्त गर्न सकिने विकल्पको रुपमा प्रस्तुत गरिएको छ ।  

यो खातामा ग्राहकहरुले मासिक न्यूनतम रु. ५०० वा सोभन्दा बढी जम्मा गर्न सक्ने बैंकले जनाएको छ । 

ग्राहकले जम्मा गर्ने रकम सुनिश्चित गरिसकेपछि सो रकम हरेक महिना स्वतः लक्षित मुद्दती खातामा जम्मा हुने गर्दछ । १ वर्षदेखि ५ वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिन्छ। 

साथै, लक्षित मुद्दती खाता खोल्ने सम्पूर्ण ग्राहकहरुले लक्ष्मी बैंकको आधिकारिक भगिनी संस्था लक्ष्मी क्यपिटलमा निःशुल्क डिम्याट खाता खोल्ने सुविधा समेत प्राप्त गर्नसक्ने बताइएको छ ।

सम्पूर्ण नयाँ तथा पुराना ग्राहकहरुले “लक्षित मुद्दती” को प्रारम्भिक योजनाअन्तर्गत वार्षिक ९ प्रतिशत सम्म व्याज प्राप्त गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।