काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को भदौ मसान्तसम्म कुल ७ अर्ब ८ करोड ५२ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पी र दुई लघु निर्जीवन बीमा कम्पनीले भदौ महिनासम्म ७ अर्बभन्दा बढी बीमा शुल्क आर्जन गरेका हुन्।
यो अवधिसम्म १४ निर्जीवन बीमा कम्पनीले मात्रै ७ अर्ब ८ करोड ४८ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्। निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय गत वर्षको तुलनामा भने १०.११ प्रतिशतले घट्न पुगेको छ। गत वर्षको भदौ महिनासम्म १४ निर्जीवन बीमा कम्पनीले ७ अर्ब ८ करोड ८१ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका थिए।
गत वर्षको तुलनामा अधिकांश कम्पनीको व्यवसाय खस्किएको छ। प्रभु, हिमालयन एभरेस्ट, सानिमा जीआईसी, आईजीआई प्रुडेन्सियल, ओरियन्टल इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको बीमाशुल्क आर्जन बढेको छ भने बाँकी सबैको घट्न पुगेको छ।
चालु आर्थिक वर्षको भदौ मसान्तसम्म सबैभन्दा बढी प्रिमियम भित्र्याउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ। कम्पनीले यस अवधिसम्म ९१ करोड ४७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
त्यस्तै, दोस्रोमा सिद्धार्थ प्रिमियरले पनि ७३ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
गत वर्षको तुलनामा प्रिमियम कलेक्सनमा सबैभन्दा वृद्धि गर्नेमा प्रभु इन्स्योरेन्स रहेको छ। गत वर्ष २९ करोड मात्रै प्रिमियम भित्र्याएको कम्पनीले ३८.७८ प्रतिशतले बढाएर यस अवधिसम्म ४१ करोड प्रिमियम कलेक्सन गरेको छ।
त्यस्तै, सर्वाधिक घट्नेमा भने राष्ट्रिय बीमा कम्पनी रहेको छ। कम्पनीको प्रिमियम कलेक्सन गत वर्षको तुलनामा ५७.६९ प्रतिशतले घटेको छ।
त्यस्तै, यता दुई निर्जीवन लघु बीमा कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले भने ३ लाख ९५ हजार रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्। नेपाल माइक्रोले २ लाख ७६ हजार र प्रोटेक्टिभले १ लाख १९ हजार रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्।
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
6 hours ago