काठमाण्डौ । गत वर्ष निर्जीवन बीमा कम्पनीमा लगानीहरु मालामाल भएका छन्। नेप्सेमा सूचीकृत १८ वटा निर्जीवन बीमा कम्पनीले न्यूनतम ११४ प्रतिशतदेखि २६८ प्रतिशतसम्म रिटर्न दिएका छन्।

गत वर्ष उच्च रिटर्न दिने निर्जीवन कम्पनीको सूचीमा आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको सेयरबाट लगानीकर्ताले २६८.६२ प्रतिशत प्रतिफल पाएका छन्। वर्षको सुरुआतमा प्रतिकित्ता ३४१ रुपैयाँ रहेको यो कम्पनीको सेयरभाउ वर्षको अन्तिम कारोबार दिन आइपुग्दा प्रतिकित्ता १२५७ रुपैयाँ कायम भएको छ। 

यसैगरी नेको इन्स्योरेन्समा लगानी गरेकाहरुले पनि २५३.५० प्रतिशत रिटर्न पाएका छन्। वर्षको सुरुआतमा ४७१ रुपैयाँ रहेको यो कम्पनीको सेयरभाउ बढेर १६६५ रुपैयाँको उचाइमा पुगेको छ। 

यस्तै सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य पनि २०४.४२ प्रतिशतले बढेको छ। प्रतिकित्ता ५६५ रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य १ वर्षमै प्रतिकित्ता १७२० रुपैयाँ कायम भएको छ। 

गत वर्षको सुरुमा प्रतिकित्ता ४४७ रुपैयाँ रहेको सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य बढेर प्रतिकित्ता १२६० रुपैयाँ कायम भएको छ। यो कम्पनीबाट लगानीकर्ताहरुले १८१.८८ प्रतिशत रिटर्न पाएका छन्।

अजोड इन्स्योरेन्सका लगानीकर्ताले १८१.२५ प्रतिशत रिटर्न पाएका छन्। एक वर्षको अवधिमा यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३२० रुपैयाँबाट प्रतिकित्ता ९०० रुपैयाँ पुगेको छ। 

यसैगरी प्रभु इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ३५० रुपैयाँबाट बढेर प्रतिकित्ता ९६९ रुपैयाँ कायम भएको छ। यसरी एक वर्षको अवधिमा यो कम्पनीको सेयरमूल्य १७६.८६ प्रतिशतले वृद्धि भएको छ। 

प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले यो एक वर्षको अवधिमा १६८.१२५ प्रतिशतको प्रतिफल प्राप्त गरेका छन्। एक वर्षमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४८० रुपैयाँबाट १२८७ रुपैयाँको उचाइमा पुगेको छ। 

यस्तै गत वर्ष लगानीकर्ताहरुले नेपाल इन्स्योरेन्सको सेयरबाट १४८.९६ प्रतिशत, हिमालयन जनरलबाट १४७.६०, एभरेष्ट इन्स्योरेन्सबाट १३५.२६, शिखर इन्स्योरेन्सबाट १३४.१५, सानिमा जनरलबाट १३३.०४, प्रुडेन्सियल इन्स्योरेन्सबाट १२५.५०, एनएलजी इन्स्योरेन्सबाट १२४.५२, जनरल इन्स्योरेन्सबाट १२१.१९, लुम्बिनी जनरल इन्स्योरेन्सबाट ११६.१० र राष्ट्रिय बीमा संस्थानबाट ११४.४० प्रतिशत रिटर्न पाएका छन्।