काठमाण्डौ । कोरोना कहरका कारण निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांशमा संकुचन आएको छ।

संस्थाले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांशमा झन्डै २७ प्रतिशतले संकुचन आएको हो। संस्थाको सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको छ। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको कुल १३.६८ प्रतिशतले हुन आउने २० करोड ५२ लाख ६३ हजार १५८ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १३ प्रतिशतले हुन आउने १९ करोड ५० लाख रुपैयाँबराबरको बोनस सेयर रहेको छ। बोनस सेयरमा लाग्ने करबापत ०.६८ प्रतिशतले हुन आउने १ करोड २ लाख ६३ हजार १५८ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सञ्चालक समितिले गरेको छ। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

त्यसो यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा २६.८५ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षका लागि संस्थाले २५ प्रतिशत बोनस र १५.५३ प्रतिशत नगद गरी कुल ४०.५३ प्रतिशत लाभांश वितरण गरेको हो।