काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ६९ करोड ५० लाख रुपैयाँको कुल ३१.०५२६ प्रतिशतले हुन आउने ५२ करोड ६३ लाख ४२ हजार १०५.२६ रुपैयाँबराबरको लाभांश प्रस्तावत गरेको छ।

प्रस्तावित लाभांशमा २९.५ प्रतिशतले हुन आउने ५० करोड २५ हजार रुपैयाँबराबरको बोनस सेयर र १.५५२६ प्रतिशतले हुन आउने २ करोड ६३ लाख १७ हजार १०५.२६ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।