काठमाण्डौ । निर्धन उत्थान बैंक लिमीटेडको चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा घटेको छ । अघिल्लो वर्षको यही अवधिमा १५ करोड ७० लाख रुपैयाँ रहेको नाफा घटेर समीक्षा अवधिमा १२ करोड ५५ लाखमा सीमित बन्न पुुगेको हो । 

बैैंकको खूद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ३५ करोड ९७ लाख रुपैयाँ रहेको यस्तो आम्दानी घटेर ३१ करोड २९ लाखमा सीमित बन्न पुुगेको छ । 

अघिल्लो वर्ष यही अवधिमा १४ करोड १७ लाख रुपैयाँ रहेको ब्याज खर्च बढेर २९ करोड १९ लाख माथि पुुगेको छ । ब्याज खर्च अचाक्ली हुँदा यसले नाफामा गिरावट ल्याएको हो । 

समीक्षा अवधिमा निर्धन उत्थान बैंकले ६ अर्ब ६७ करोड निक्षेप संकलन गरी तथा ६ अर्ब ७४ करोड सापटी लिई १२ अर्ब ७२ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ४ अर्ब ६६ करोड निक्षेप संकलन गरी ५ अर्ब ९३ करोड सापटी लिई १० अर्ब ८३ करोड कर्जा परिचालन गरेको छ । 

निर्धन उत्थानले ६५ करोड ५१ लख रुपैयाँ रहेको रिजर्ब कोष बढाएर १ अर्ब ५२ करोडको उचाईमा पुर्याएको छ । 

बैंकमा खराब कर्जा बढेको छ । अघिल्लो वर्ष ०.३० प्रतिशत रहेको निस्क्रिय कर्जा बढेर ०.४२ प्रतिशत पुुगेको छ । 

यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी ८३.६८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३५४.१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८.६८ गुणा कायम भएको छ ।