– रेखा चन्द
काठमाण्डौ । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार निर्धारित समयमा नहुने भएको छ।
नेपाल राष्ट्र बैंकले हिमालयन र सिभिल बैंकलाई एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिन ढिलाइ गर्दा निर्धारित समय यी दुई बैंकको एकीकृत कारोबार हुन नसक्ने भएको हो।
मर्जर प्रक्रिया पूरा गरी यही माघ १८ गतेदेखि एकीकृत कारोबारको सुरुआत गरिने भनिएको थियो। तर, राष्ट्र बैंकबाट मर्जर प्रक्रियाको अन्तिम स्वीकृति समयमै नआएकाले एकीकृत कारोबार सरेको सिभिल बैंकका सीईओ सुनीलकुमार पोखरेलले जानकारी दिए। ‘अब फागुनको पहिलो साताभित्र एकीकृत कारोबार सुुरु हुन सक्छ’, उनले भने।
राष्ट्र बैंकबाट मर्जरमा जाने अन्तिम स्वीकृति एप्रुभल भइसके पनि लिखितरुपमा पत्र नआएको पोखरेलको भनाइ छ। ‘त्यसकारण एकीकृतको मिति धकेलिएको छ’, उनले भने, ‘सम्भवतः आजभोलिमा त्यो पत्र आउन सक्छ, त्यसैअनुसार फागुनको पहिलो साताभित्रै एकीकृत कारोबार हुन सक्छ।’
गत असार २९ गते हिमालयन र सिभिल बैंकबीच प्रारम्भिक सम्झौता भएको थियो। यी दुवै बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्जरमा गएका हुन्। पुस २८ गते दुवै बैंकले साधारणसभामार्फत मर्जर प्रक्रियालाई पारित गरेका थिए।
मर्जरपछि बैंकको नाम ‘हिमालयन बैंक लिमिटेड’ नै रहनेछ। बैंकको सीईओमा हिमालयन बैंकका सीईओ अशोक राणा रहनेछन् भने वरिष्ठ डेपुटी सीईओ सिभिल बैंकका सीईओ सुनिलकुमार पोखरेल रहनेछन्।
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago