काठमाण्डौ । आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर दिने मुख्य एजेन्डासहित नेको इन्सुरेन्सले आफ्नो २३ औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ । 

कम्पनीले आउँदो भदौ १४ गते काठमाण्डौको डिल्लीबजार कालिकास्थानमा वार्षिक साधारणसभा गर्न लागेको हो । गत साउन १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको हो । 

साधारणसभामा आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट कम्पनीले १२ प्रतिशत बोनसेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । जसअनुसार कम्पनीले रु १४ करोड ११ लाख मूल्यबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित हुनेछ । 

कम्पनीले बोनस सेयरको कर प्रयोजनका लागि रु ७४ लाख २९ हजार नगद लाभांश गर्ने निर्णय पनि पारित गर्नेछ । 

वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनसँगै लेखापरीक्षण प्रतिवेदनलगायत सम्पूर्ण वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।