काठमाण्डौ। नेको इन्सुरेन्स लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।

कम्पनीको हिजो शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो २०७७ साल वैशाख १ गते सोमबार काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा आयोजना गर्ने निर्णय गरेको हो। 

सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव चुक्तापुँजीको ८.१३ प्रतिशतले हुन आउने १० करोड ७४ लाख ७४ हजार ७०० रुपैयाँबराबरको नगद लाभांश पारित हुनेछ। सभामा कम्पनीको नियमावलीबमोजिम आगामी चार वषृका लागि संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी ५ जना सञ्चालक निर्वाचित हुनेछ। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले चैत २४ गतेदेखि वैशाख १ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुन चैत २३ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ।