काठमाण्डौ। नेको इन्सुरेन्स लिमिटेडको सेयर  रजिष्ट्रार (आरटीएस) कार्य गर्न आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई  नियुक्त गरिएको छ।

नेको इन्सुरेन्स र आरबीबी मर्चेन्टबीच हिजो बुधबार योसम्बन्धी सम्झौता भएको हो। सम्झौतपत्रमा नेको इन्सुरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्का र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।

आरबीबी मर्चेन्ट राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रही धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकिङ लिमिटेड हो।