काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ करोड २८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

कम्पनीको बिहीबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको बीमाशुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ३०.६३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ३३ करोड १३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो। 

कम्पनीले समीक्षा अवधिमा पुनर्बीमा कमिसनबाट हुने आय ५ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ भने लगानी, कर्जा तथा अन्यबाट हुने आय २५ करोड २१ लाख रुपैयाँ रहेको छ। गत वर्षको यही अवधिमा पुनर्बीमा कमिसनबाट १ करोड ३२ लाख आर्जन गरेको थियो भने लगानी, कर्जा तथा अन्यबाट १२ करोड १ लाख रुपैयाँ रहेको थियो। 

यो अवधिमा कम्पनीले १२ करोड २९ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ। गत वर्षको यही अवधिमा १० करोड १० लाख रुपैयाँको दाबीभुक्तानी गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च ८ करोड ३६ लाख रुपैयाँ रहेको छ। जुन गत वर्षको यही अवधिमा ७ करोड ६३ लाख रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिका लागि कम्पनीको खुद नाफा १२ करोड ४४ लाख रुपैयाँ रहेको छ। यो नाफा गत वर्षको तुलनामा ६५.२१ प्रतिशतले बढी हो। गत वर्षको यही अवधिमा कम्पनीले ७ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

गत वर्षको यही अवधिसम्म ६४ करोड ५० लाख रुपैयाँमा सीमित बीमा कोषको आकार बढाएर यो वर्ष ८९ करोड ३९ लाख रुपैयाँको उचाइ चुमाएको छ भने ४९ करोड ७६ लाख रुपैयाँमा सीमित जगेडा तथा कोषको आकार ५८ करोड ४ लाख रुपैयाँ पुगेको छ। 

समीक्षा अवधिमा कम्पनीले ७ करोड ९३ लाख रुपैयाँमा सीमित महाविपत्ति कोष जगेडाको आकार ८ करोड ५५ लाखको उचाइमा पुगेको छ। 

अघिल्लो वर्षको यही अवधिसम्म जारी बीमालेखको संख्या ६८ हजार ४५५ रहेकोमा समीक्षा अवधिमा भने बढेर ७८ हजार ४२ कायम भएको छ। 

समीक्षा अवधिमा यो कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४७.५१ प्रतिशतले बढेर ३७.७९ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा ईपीएस २६.६२ रुपैयाँमा सीमित थियो। 

कम्पनीको प्रतिसेयर नेटवर्थ २१८.४० रुपैयाँ, पीई अनुपात २०.९३ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३९७.६१ रुपैयाँ रहेका छन्।