काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। 

कम्पनीको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको म्नाफाबाट चुक्ता पुँजीको १६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १५.५ प्रतिशत बोनस सेयर र ०.८२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। 

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। वितरणपछि चुक्ता पुँजी १ अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।