काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडको २५ औँ वार्षिक साधारणसभा आज (असार ३१ गते) डाकिएको छ। 

सभा काठमाण्डौको ज्ञानेश्वरस्थित कम्पनीको भवनमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ। 

सभाले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको चुक्तापुँजीको कुल १६.३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १५.५ प्रतिशत बोनस सेयर र बाँकी ०.८२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। 

सोही सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि छलफल गरी पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले गत असार १८ गतेदेखि सभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ गत असार १७ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य भएका छन्।