काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा कम्पनीले ४४ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १५.१५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ५२ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।
यो अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत ३ करोड ४१ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आय १५ करोड ४६ लाख रुपैयाँ गरेको थियो।
प्रथम त्रैमाससम्म कम्पनीले पुनर्बीमा कमिसन आयतबापत ८ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा यस्तो आय ३० करोड ९२ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीले १८ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ७.१७ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले २० करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च घटेर ११ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष यही अवधिमा व्यवस्थापन खर्च ४४ करोड ८ लाख रुपैयाँ रहेको थियो।
प्रथम त्रैमासमा कम्पनीको खुद नाफा ६.६४ प्रतिशतले घटेको छ। कम्पनीले यो अवधिमा ६ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिमा ७ करोड १९ लाख रुपैयाँ रहेको थियो।
यो अवधिमा कम्पनीको बीमा कोषको आकार २१.६७ प्रतिशतले बढेर १ अर्ब ४० करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा बीमा कोषमा १ अर्ब १५ करोड रुपैयाँमा सीमित थियो । जगेडा तथा कोषको आकार भने २९.०९ प्रतिशतले घटेर ५१ करोड ९७ लाख रुपैयाँ सीमित भएको छ । गत वर्ष यही अवधिमा जगेडामा ७३ करोड २९ रुपैयाँ थियो।
यो अवधिमा कम्पनीले ७८ हजार ६०४ वटा बीमालेख जारी गरेको छ। गत वर्ष यही अवधिमा ८१ हजार ५५७ बीमालेख जारी गरेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १५.३६ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४३.७७ गुणा र प्रतिसेयर नेटवर्थ २१५.५९ रुपैयाँ रहेको छ।
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago