काठमाण्डौ । नेको इन्स्योरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ६१ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा २ करोड ५० लाखमा सीमित थियो । 

कम्पनीले यो अवधिमा बिमा शुल्कबाट हुने आम्दानी पनि बढाएको छ । अघिल्लो वर्ष १७ करोड ४६ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष २३ करोड ६२ लाखको उचाईमा पुुगेको छ । 

पुनर्बिमा कमिसनबाट हुने आय समेत बढेर ४ करोड ३९ लाख पुुगेको छ । अघिल्लो वर्ष यस्तो आय ३ करोड १९ लाखमा सीमित थियो । यस्तै, ७२ लाखमा सीमित लगानी कर्जा तथा अन्यबाट हुने आय बढोर १ करोड ४६ लाखको उचाईमा पुुगेको छ । 

समीक्षा अवधिमा नेकोले ७ करोड ८७ लाख बढीको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी ४ करोड बढी मात्र थियो । यो कम्पनीको व्यवस्थापन खर्चमा समेत अचाक्ली वृद्धि भएको छ । अघिल्लो वर्ष ३ करोड १६ लाख रहेको यस्तो खर्च बढेर यो वर्ष ४ करोड ५८ लाख पुुगेको छ ।

अघिल्ला वर्ष १९ करोड २६ लाखमा सीमित बिमा कोषको आकार बढी ३० करोड २४ लाखको उचाईमा पुुगेको छ । यस्तै, १२ करोड ३४ लाखमा सीमित जगेडाकोष बढेर २४ करोड ९६ लाखको उचाईमा पुुगेको छ । 

यो कम्प्नीले जारी बिमालेखको संख्या समेत बढाएको छ । अघिल्लो वर्ष ४२ हजार ७ सय १२ रहेको यस्तो संख्या बढेर यो वर्ष ६१ हजार २ सय २८ पुुगेको छ । 

समीक्षा अवधिमा यो कम्पनीको प्रतिसेयर आम्दानी २०.३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७७.४४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४५.९१ गुणा कायम भएको छ ।