काठमाण्डौ । यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिबद्धताअनुरुप टाटा मोटर्सले आजबाट नेक्सन ईभी म्याक्सको नेपाली बजारमा बिक्री–वितरण सुरु गरेको छ। 

कम्पनीको सर्वोत्कृष्ट ढंगले बिक्री भइरहेको नेक्सन ईभीको विस्तारितस्वरुप यो नयाँ गाडी ७.२ किलोवाट चार्जिङको व्यवस्थासहित रु .४६ लाख ४९ हजारको आकर्षक मूल्यमा उपलब्ध छ। उत्कृष्ट एवं  दिगो “मोबिलिटी”मा विश्वास राख्ने ग्राहकलाई लक्षित नेक्सन ईभी म्याक्सले देशको समग्र विद्युतीय सवारीसाधनको बजारलाई नँया उचाइ पुर्याउने अपेक्षा गरिएको छ। 

उच्च भोल्टेजको उच्चतम जिपट्रन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तिनवटा आकर्षक रङहरुमा उपलब्ध छ। त्यसैगरी स्ट्यान्डर्ड रङका रुपमा डुएल टन बडी पनि उपलब्ध छ।

४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथिएम ब्याट्री प्याकजडित नेक्सन ईभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरु भन्दा ३३ प्रतिशतले बढी छ। यस कारणले यो गाडीले  विना कुनै झन्झट एआरएआईद्वारा प्रमाणित ४५३ किलोमिटर लामो रेन्जको प्रत्याभूति गर्दछ। यसले १०० किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बितिक्कै २५० एनएम बराबरको टर्क पैदा गर्छ। 

यो गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ। जसले ६.५ घन्टाको छोटो अवधिमा नै चार्जिङ कार्य सम्पन्न गर्दछ। नेक्सन ईभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डिसी फास्ट चार्जरका माध्यमबाट केवल ५६ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ। जुन आफैँमा अभूतपूर्व छ।  

‘नेपाली ग्राहकले अत्याधिक रुचाएका नेक्सन र टिगोर मोडेलका ईभीहरुको साथ टाटाले विगत केही समयदेखि नेपालको विद्युतीय सवारीसाधनको विकास एवं विस्तारमा अग्रणी भूमिका खेलिरहेको छ। यसै सन्दर्भमा नेक्सन ईभी म्याक्सको बजारमा बिक्रीवितरण आरम्भसँगै यस्तो भूमिका अझ सुदृढ हुने हामीले अपेक्षा गरेका छौँ’, टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेश चन्द्रले भने, ‘अत्याधुनिक जिपट्रन प्रविधियुक्त नेक्सन ईभी म्याक्समा जस्तोसुकै मौसम र सडक अवस्थामा यात्रा गर्न सकिन्छ। साथै, रेन्ज, आराम र बनावट जस्ता दृष्टिकोणले पनि यो सर्वोत्कृष्ट छ। त्यसैले विद्युतीकरणको दिशामा अगाडि बढिरहेको नेपाली अटोमोबाइल बजारमा यसले अमिट छाप छोड्न सफल हुनेमा हामी विश्वस्त छौँ।’ 

चन्द्रका अनुसार यो विद्युतीय एसयूभीले नेपाली ग्राहकको विद्युतीय गाडीको अनुभवमा एक नयाँ आयाम थपी टाटा ब्रान्डको छविमा सकारात्मक योगदान पुर्याउने छ।  

त्यस्तै सिप्रदी ग्रुप अफ कम्पनीजÞका अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.राणा नेक्सन ईभी म्याक्स नेपाली ग्राहकहरुको बदलिँदो आवश्यकता एवं इच्छालाई परिपूति गर्ने एक नविन सौगात भएको बताउँछन्। उनी यो गाडी सिप्रदी र टाटा मोटर्स बीचको न्यानो साझेदारीमा एक नयाँ कोशेढुंगा सावित हुनेमा विश्वस्त छन्। राणाका अनुसार सिप्रदी भविष्यका दिनहरुमा टाटा मोटर्स का उच्चस्तरका उत्पादनहरु नेपाली बजारमा निरन्तर ल्याउन सदैव उत्साहित एवं प्रतिबद्ध छ।

नेक्सन ईभी म्याक्सको भित्री एवं बाहिरी बनावटबीच एक साँच्चै सुन्दर सामान्जस्यता छ। सेन्ट्रल कन्सोलमा व्यापक परिमार्जन गरी यसमा एक्टिभ मोड डिस्प्ले, मकराना बिज इन्टेरिएर र अगाडि बस्ने यात्रुका लागि भेन्टिलेसनसहितको लेदरेट सिट, एअर प्युरिफाएर, वायरलेस स्मार्ट फोन चार्जिङ जस्ता  सुविधाहरु भएको ज्वेल्ड सेन्ट्रल नबको व्यवस्था छ। नेक्सन ईभी म्याक्स इको, सिटी र स्पोर्ट गरी जम्मा तीनवटा मोडहरुमा उपलब्ध छ।

यस गाडीमा मल्टी–मोड रिगेनको विशेषता छ। जसले चालकलाई फ्लोर कन्सोल रहेको स्विचमार्फत रिजेनेरेटिभ ब्रेकिङको लेभललाई  सहज तरिकाले मिलाउन सहयोग गर्दछ। ड्राइभिङ अवस्थाअनुरुप रिगेनको ४ विभिन्न लेबलमध्ये एक प्रयोग गर्न सकिन्छ। लेभल ० मा शून्य रिक्युपरेटिभ ब्रेकिङदेखि लेभल ३ सम्म, जसमा एउटै पेडल प्रयोग गरी गाडी हाँक्न सकिन्छ।  

नेक्सन ईभी म्याक्समा एक अर्को अभुतपूर्व विशेषता छ। जसमा यसको ब्रेक ल्याम्प रिगेन निश्चित लेभलमा पुगेपछि बल्दछ। यसले सडकका अन्य चालकहरुलाई सचेत गराउन मद्दत गर्दछ। यस विद्युतीय एसयूभीमा सुरक्षाका निम्ति आईभीबीएसीसहितको इएसपी, हिल होल्ड, इलेक्ट्रोनिक पार्किङ ब्रेक र चारवटा डिस्क ब्रेकलगायतका गुणहरु छन्। ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी भएको ब्याट्री र मोटर टिकावट र विश्वसनीयताका लागि आईपी ६७ द्वारा प्रमाणित पनि छ।