काठमाण्डौ । नेचर सुपर मार्केट प्रालिले नेपाली नयाँ वर्ष २०७८ को अवसरमा ‘बिगेस्ट सेभिङ अफर’ ल्याएको छ। 

अफरअन्तर्गत निलकमल ब्राण्डको सोयाबिन तेल र सनफ्लावर तेल तथा ग्यालेक्सी ११२१ जम्बो बासमती र ग्यालेक्सी प्रिमियम बास्मती चामलमा विशेष छुट प्रदान हुनेछ। निलकम सोयाविनमा प्रतिएक लिटर ३३ रुपैयाँ र निलकमल सनफ्लावर तेल खरिदमा प्रतिएक लिटर २३ रुपैयाँ ग्राहकले बचत गर्न सक्नेछन्। २३८ रुपैयाँ मूल्य पर्ने निलकम सोयाविनलाई २०५ रुपैयाँमा र २४८ मूल्य पर्ने निलकमल सनफ्लावर तेललाई २२५ रुपैयाँमा उपभोक्ताले खरिद गर्न सक्नेछन्। 

त्यसैगरी ग्यालेक्सी ११२१ जम्बो बासमती चामलको मूल्य एक केजीको २५६ रुपैयाँ पर्नेमा अफर मूल्य १७५ मात्रै कायम गरिएको छ। एक किलोमा ग्राहकले ८१ रुपैयाँ बचत गर्ने सक्नेछन्। ५ केजीको मूल्य १२०० पर्नेमा अफर मूल्य ८७५ कायम गरिएको छ। ५ केजी चामल खरिद गर्दा ग्राहकले ३२५ रुपैयाँ बचत गर्न सक्नेछन्। २० केजीको मूल्य ४८०० रुपैयाँ रहेकोमा अफर मूल्य ३२०० कायम गरिएको छ। २० केजी चामल खरिद गर्दा ग्राहकले १६०० रुपैयाँ बचत गर्न सक्छन्।

ग्यालेक्सी प्रिमियम बास्मती २० केजीको मूल्य ३३६० रुपैयाँ रहेकोमा अफर मूल्य २६५० कायम गरिएको छ। यो चामलमा ग्राहकले ७१० रुपैयाँ बचत गर्न सक्नेछन्। वैशाख १ गतेबाट लागू हुने यो अफर जेठ १ गतेसम्म जारी रहने अध्यक्ष जनकबहादुर धामीले जानकारी दिए।

नेचर सुपर मार्केटसँग जोडिएका उपभोक्ताको चुल्होलाई सस्तो बनाउने उद्देश्यले विशेष छुटसहितको अफर ल्याइएको धामीले बताए। ‘बजारमा महंगी बढिरहेको छ,’ धामीले भने, ‘महंगीलाई कम गर्दै ग्राहक र नेचर सुपर मार्केटबीचको पारिवारिक सम्बन्ध अझ प्रगाढ बढाउन यो अफर फलदायी हुनेमा हामी विश्वस्त छौं।’

नेचर सुपर मार्केटको मैतीदेवी र नरेफाँटमा रहेका दुवै शाखाबाट यो विशेष अफर प्रदान गरिएको छ। होम डेलिभरीका लागि अर्डर गर्ने ग्राहकले पनि यो छुटको सुविधा लिन सक्नेछन्।