काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ, सार्क विकास कोष० र सार्क उद्योग वाणिज्य संघका पदाधिकारीहरू बीच हालै नयाँ दिल्लीमा सम्पन्न बैठकमा नेपालको साना तथा मझौला उद्यम व्यवसायको विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त भएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रुवान इदिरिसिंहे, सार्क उवासंघका उपाध्यक्ष चण्डिराज ढकाल, विकास कोषका प्रमुख कार्यकारी अधिकृत डा. सुनिल मोतिवाल सहभागी सो बैठकमा नेपालमा साना तथा मझौला उद्यम व्यवसायमा समयवद्ध परियोजनामा सहयोग गर्नेमा कोषले प्रतिवद्धता जनाएको हो । 

सार्क विकास कोषले सार्क सदस्य राष्ट्रहरूमा सम्भाव्य परियोजनालाई अगाडी बढाउने र नेपालको सन्दर्भमा अर्थतन्त्रमा सवैभन्दा बढी योगदान रहेको ःक्ःभ्क को विस्तार तथा उनीहरूलाई पछिल्लो प्रविधिबाट सुसज्जित बनाउन आवश्यक रहेको र यसो हुन सकेमा नेपालको अर्थतन्त्रलाई अगाडी बढाउन थप सहयोग पुग्ने धारणा महासंघका तर्फबाट राखिए पछि कोषबाट सहयोग गर्ने प्रतिवद्धता आएको थियो । 

नेपालको अर्थतन्त्रमा करिव ९० प्रतिशत योगदान रहेको यो क्षेत्र आवश्यक वित्तिय सेवाको अभावमा पछाडी परिरहेको तथ्यांक सो अवसरमा प्रस्तुत गरियो । कोषले आवश्यक वित्तिय जोहो गरिदिने हो भने यो क्षेत्र रोजगारी सृजना, आयआर्जन वृद्धि, पूजी निर्माण तथा सरकारको राजस्व अभिवृद्धिमा सहयोगी हुनुको साथै व्यवसाय प्रवद्र्धन सहित समग्र अर्थतन्त्रको विकासमा उल्लेख्य सहयोग पुग्ने धारणा महासंघको थियो ।