काठमाण्डौ । नेपालको अग्रणी अनलाइन सपिङ बजार, दराज आफ्नो वार्षिक ११.११ सेल यस नोभेम्बर ११, २०२० (कार्तिक २६) मा आयोजना गर्ने तयारीमा रहेको छ।

अलीबाबाको ११.११ चीनबाट सुरु भई अहिले विश्वको धेरै देशहरुमा मनाइने गरिन्छ। ११.११ मा ग्राहकले मेगा डिल, फ्ल्यास सेल्स, बैंक डिस्काउन्ट, निःशुल्क डेलिभरी, भौचरहरु र अन्यमार्फत ६ हजारभन्दा बढी बिक्रेताहरू र  १६० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय आधिकारिक ब्रान्डहरुले बेच्दै आएका ५ लाखभन्दा बढी उत्पादनहरुमा धेरैभन्दा धेरै छुट पाउनेछन्। 

यसपालिको ११.११ सेलमा ग्राहकले साझेदार बैंकहरूको डेबिट र क्रेडिट कार्डमार्फत समान अर्डर गर्दा २० प्रतिशत (रु. ३ हजारसम्मको) छुट पाउनेछन्। यसका लागि नबिल बैंक, एनआईसी एसिया, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक र हिमालयन बैंकका कार्डधारकहरू योग्य हुने कम्पनीले जनाएको छ। 

यस छुटको मज्जा लिन ग्राहकले आफ्नो बैंक कार्डमार्फत अनलाइन सपिङ गर्न मिल्ने हुनपर्छ। ग्राहकले कार्ड एक्टिभेट गर्न सम्बन्धित बैंकमा सम्पर्क गर्न सक्दछन्।

११.११ मा ग्राहकले ‘दराज वन रुपैयाँ गेम’, ‘एड टु कार्ट एन्ड विन’, ‘मिसन ११.११’, र ‘डीएफजी लुडो प्रतियोगिता’ जस्ता रमाइला गेमहरुमा भाग लिएर आकर्षक पुरष्कारहरु जित्ने मौका पनि पाउने कम्पनीले जनाएको छ। दराज वन रुपैयाँ गेममा ग्राहकले महँगा सामानहरु जम्मा एक रुपैयाँमा जित्न सक्नेछन्, एड टु कार्ट एन्ड विनमा आफ्नो दराज एपको कार्टमा राखेको समान जित्न सक्छन् भने लुडो प्रतियोगितामा थप पुरष्कारसहित रु. १५ हजार जित्न सक्नेछन। 

यसका साथै ग्राहकले ११.११ मा सपिङ गर्दा ८ लाखबराबरको नयाँ टीभीएस अपाचे आरआर ३१० पनि जित्न सक्नेछन्। 

११.११ को दिनमा दराज एप र वेबसाइटमा ५ लाखभन्दा बढी प्रयोगकर्ताको उपस्थिति हुने अनुमान गरिएको छ। त्यसैले नेपालका २७ सहरमा द्रुत वितरण सुनिश्चित गर्न र सबैभन्दा राम्रो ग्राहक अनुभव प्रदान गर्न दराजले ९०० भन्दा बढी डेलिभरी र ग्राहक सेवा एजेन्टहरू थपेको छ। साथै कर्मचारी र ग्राहकको सुरक्षा सुनिश्चित गर्न दराजले प्रत्येक कर्मचारीको नियमित तापमान जाँच, हरेक स्थानमा नियमित सरसफाइ र सबै डेलिभरी राइडरहरूलाई मास्क, पन्जा र सेनिटाइजरहरु प्रयोग गर्न लगाएको छ।

समग्रमा २०२० को दाराज ११.११ सम्पूर्ण नेपालभरका ग्राहकका लागि सुरक्षित सपिंग अनुभव सुनिश्चित गर्दै यस वर्षको सबैभन्दा ठूलो अनलाइन सेल हुने भएको छ।