काठमाण्डौ । नेपालको पहिलो विद्युतीय मोटरसाइकल ‘यात्री’ को बुकिङ खल्ती डिजिटल वालेटबाट सकिने भएको छ। 

यात्री मोटरसाइकलले पहिलो चरणमा १ हजार मोटरसाइकलको बुकिङ लिनेछ। कम्पनीले सुरुमा १० हजार रुपैयाँ भुक्तानी गरेर बाइकको बुकिङ गर्न सकिने व्यवस्था मिलाएको छ। 

यात्री मोटरसाइकलले खल्तीबाट मात्रै बुकिङको भुक्तानी लिनेछ। कम्पनीले नगद भुक्तानी लिने छैन। 

मोटरसाइकलको बुकिङ अप्रिल २३ देखि गर्न सकिनेछ। यात्री मोटरसाइकल सहरी क्षेत्रका कामकाजीलाई लक्षित गरेर निर्माण गरिएको विद्युतीय सवारी हो। 

कम्पनीले सुरुआती समयमा पी जेरो र पी वान गरी दुईवटा मोडेल बजारमा ल्याएको छ। कम्पनीको प्रिमियम बाइक पी जेरोको मूल्य १९ लाख ४९ हजार रुपैयाँ राखिएको छ। यस्तै पी वानको मूल्य ४ लाख ९५ हजार रुपैयाँ छ। 

कम्पनीले अहिले अर्डर गरेको बाइक ४ महिनामा उपलब्ध गराइने जनाएको छ। 

यात्री पी जेरो मोडेलको बाइक एक पटकको चार्जमा २३० किलोमिटर गुड्नसक्ने कम्पनीले जनाएको छ। सुरुआती २.५ सेकेन्डमै ६० किलोमिटर प्रतिघन्टाको गति पकड्न सक्ने यो बाइक अधिकतम १४० किलोमिटर प्रतिघन्टा गुड्न सक्ने कम्पनीको दाबी छ। यसको तौल १९५ केजी छ। त्यस्तै यात्री पी वान मोटरसाइकल एकपटक चार्ज गर्दा १२० किलोमिटरसम्म गुड्न सक्छ। 

खल्तीका सहायक प्रबन्धक जोनाम भुर्तेल नेपालको पहिलो विद्युतीय बाइकको प्रिबुकिङ प्लेटफर्म खल्तीलाई बनाउन पाउँदा आफूहरू उत्साहित भएको बताउँछन्। ‘नेपाली विद्युतीय बाइकको लामो प्रतीक्षा गरिरहेका ग्राहकले अब खल्ती मोवाइल एपबाटै त्यसको बुकिङ गर्न सक्ने भएका छन्’, उनले भने, ‘यसरी प्रिबुकिङ गर्न पाउने सुविधा खल्ती वालेटमा मात्रै उपलब्ध छ।’

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो। जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो। ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्नेजस्ता धेरै सेवाहरु लिन सकिन्छ। साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १४ लाख ५० हजारभन्दा बढी छ।

‘खल्ती’ एप यो Khalti.com/app बाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ। मोबाइलमा डाउनलोड गर्न गुगल प्ले स्टोर वा एप्पल स्टोरमा यो एप उपलब्ध छ।