काठमाण्डौ । नेपालका लागि सुजुकी चारपांग्रे सवारीसाधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेको छ।

सर्वाधिक माइलेज दिने यो कारको लो रनिङ कस्टका कारण बढ्दो पेट्रोलेयम पदार्थको मूल्यवृद्धि भारबाट केही राहत मिल्ने कम्पनीको विश्वास रहेको छ। नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा र सुविधायुक्त सुविधाहरु भएको कम्पनीले जनाएको छ।

सेल्स एन्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्तका अनुसार.‘सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो। न्यु जेनेरेसन सेलेरियोमा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेका छन्। साथै, यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्नेछ।’

Stylish, Lively, Active and Urban Exterior Design

All–New Celerio ले थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनका साथै गतिशील स्ट्यान्स प्रदान गर्दछ। स्टाइलिस थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ। एनिमेटेड स्विपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ। १५” (३८.०२ सेन्टीमिटर) अर्बन कालो अल्लो पांग्रा र अगाडिको फग ल्याम्पले यसमा जीवन्त शैलीको आकर्षण थप्दछ।

Energetic and Spacious Interiors with Sweeping Design Elements

नयाँ सेलेरियोलाई थप आरामका लागि ऊर्जावान र फराकिलो केबिन विचारपूर्वक डिजाइन गरिएको छ। स्विपिङ क्यारेक्टर लाइनहरु र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्ट्रुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम फिल दिएको छ। उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थीम साइड एयर भेन्ट्सले भित्री डिजाइनलाई थप आकर्षक बनाएको छ। 

Spirited and Energised - Next-Gen Powertrain

पावर र माइलेजको उत्तम समिश्रण भएको नयाँ जेनेरेसनको Dual Jet, Dual VVT युक्त K–Series engine प्रयोग गरेको छ। जसले नेपालमै सर्वाधिक 26.68kmpl** माइलेज दिनसक्नेछ। सेगमेन्टमै पहिलो Idle Start–Stop प्रयोग गरिएको नयाँ सेलेरियोले CO2 emissions लाई १९% सम्म घटाउनेछ। अत्याधुनिक प्रविधिद्वारा सञ्चालित, नयाँ सेलेरियोले  89Nm@3500rpm को टर्क र 67ps@5500RPM को पावर प्रदान गर्दछ। नेक्स्ट–जेन के–सिरिज इन्जिनको विकास अत्याधुनिक प्रविधि जस्तै कुल्ड ईजीआर, अटो टेन्सनर र एकीकृत निकास मेनिफोल्डको प्रयोगबाट गरिन्छ।

Uncompromised Safety

सुजुकीको Advanced  HEARTECT प्लेटफर्ममा बनेको नयाँ सेलेरियोले अत्यधिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ। HEARTECT प्लेटफर्मले कारको क्र्यास, Rigidity  र समग्र बललाई सुधार गर्छ। उच्च तन्य स्टीलको व्यापक प्रयोग र १२+ सुरक्षा सुविधाहरुले तपाइँ र तपाइँका प्रियजनहरुका लागि सुरक्षित ड्राइभ सुनिश्चित गर्ने कम्पनीको विश्वास छ। 

Integrated Smart Technology coupled with Convenient Features

रमाइलो र आरामदायी ड्राइभिङ अनुभवका लागि 17.78cm (7 inch) SmartPlay studio infotainment system उपलब्ध गरिएको छ। यसका अतिरिक्त फर्स्ट इन सेगमेन्ट इन्जिन पुस स्टार्ट, पोलेन टाइप एसी फिल्टरजस्ता नयाँ सुविधा पनि ल्याइएका छन्। माउन्टेड अडियो कन्ट्रोलसहित टिल्ट स्टेयरिङ, ६०ः४० स्प्लिट रियर सिट, र उचाइ–समायोज्य ड्राइभर सिटजस्ता सुविधाहरुले नयाँ सेलेरियो थप आरामदायी हुने कम्पनीले जनाएको छ।

MRP