– प्रकाश न्यौपाने
काठमाण्डौ । पछिल्लो समय नेपालको सेयर बजारमा लगानीकर्ताको संख्या उल्लेख्य वृद्धि भएको छ। तर, अपांगता भएका व्यक्तिलाई भने सेयर बजार प्रवेशमा निकै कठिनाइ भइरहेको देखिएको छ।
सेयर बजारमा प्रवेश गर्न नेपाली नागरिकताको प्रमाणपत्र वा नाबालकको हकमा जन्मदर्ताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटोसहित बैंकमा उपस्थित भई बैंक खाता खोलेपछि मात्र डिम्याट र मेरो सेयर खाता खोल्न सकिन्छ।
राष्ट्रिय अपांग महासंघ बागमती प्रदेशका सचिव पर्वत बिष्ट अपंगता भएका व्यक्तिलाई सेयर बजारमा प्रवेश गर्न निकै असहज परिस्थिति रहेको बताउँछन्। ‘आँखा नदेख्ने वा मानसिक रुपमा कमजोर भएका व्यक्तिले खाता खोल्दा हस्ताक्षर गर्न नसकेर ल्याप्चे लगाउनुपर्ने बाध्यता छ’, उनले भने, ‘त्यही कारणले अपांगता भएका व्यक्तिको हकमा भने मेरो सेयरको लगइन आईडी दिइँदैन।’
सरकारले शारीरिक र मानसिक अवस्थाबाट कमजोर हुन पुगेका तर फरक क्षमता भएका ‘क’ र ‘ख’ वर्गका नेपाली नागरिकलाई २०७८ फागुन २९ गतेदेखि लागू हुने गरी मेरो सेयर र डिम्याट खाता खोल्न शुल्क नलाग्ने व्यवस्था गरेको छ। तर, राष्ट्र बैंक र बैंकहरुबीच स्पष्ट नीति नबन्दा अपांगता भएका व्यक्तिले ती सुविधा लिन नसकिरहेको बिष्ट बताउँछन्।
बिष्ट अपांगता भएकाहरुलाई सेयर बजारमा प्रवेश गराउन सहज नीति–नियम बनाउनुपर्ने बताउँछन्।
17 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago
20 hours ago