काठमाण्डौ । बंगलादेश नेपालबाट ४० मेगावाट बिजुली किन्ने तयार भएको छ।
दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली खरिद गर्न बंगलादेश सहमति भएको हो।
यसअघि गत वर्ष भदौमै ४० मेगावाट बिजुली परीक्षणस्वरूप लैजाने सहमति नेपाल र बंगलादेशबीच भएको थियो।
नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै बंगलादेश लैजानुपर्ने हुन्छ। त्यसैले भारतसँग अनुमति लिन त्रिपक्षीय बैठक बोलाउने सहमति पनि नेपाल र बंगलादेशबीच भएको छ।
नेपालमा उत्पादित ४० मेगावाटसम्म विद्युत बंगलादेशमा निर्यात गर्नका लागि नेपाल विद्युत प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच विद्युत बिक्री सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने सहमति पनि भएको छ। एनटीपीसी भारत सरकारले नेपाल, बंगलादेश लगायतका देशहरुसँग विद्युत व्यापारका लागि तोकेको नोडल एजेन्सी हो। हाल नेपाल–भारतबीच विद्युत आयात–निर्यातको कारोबार सबै एनटीपीसी मार्फत् नै हुँदै आएको छ।
नेपालबाट भारतहुँदै बंगलादेश विद्युत् निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिने बताइएको छ। दुई देशबीच विद्युत् व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago