काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार ७ हजार ६८९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६९० जनामा र ३ हजार ८९५ जनाको एन्टिजेन परीक्षण गर्दा ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ७ लाख १ हजार ४५८ पुगेको छ।

यो अवधिमा थप १ हजार १३३ जना निको भएर डिस्चार्ज भएका छन्। संक्रमणमुक्त हुनेको कुल संख्या भने ६ लाख २१ हजार २७ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप १८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ९ हजार ४०० पुगेको छ।