काठमाण्डौ । पछिल्लो केही दिनदेखि नेपालमा लगातार बढिरहेको कोरोना संक्रमणको मामिला साउन महिनापछि घट्दै जाने प्रक्षेपण गरिएको छ। 

संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति योजना तथा अनुमगन महाशाखाका प्रमुख डा गुणराज लोहनी यस्तो प्रक्षेपण पेस गरेका हुन्। डा लोहनीका अनुसार साउन महिनाभरि ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने अनुमान गरेको छ। त्यसपछि क्रमशः नयाँ संक्रमितको संख्या घट्दै जाने तथ्यांक उनले पेस गरे।

नयाँ प्रक्षेपणअनुसार मंसिरसम्म संक्रमितको संख्या साउन महिनामा २५ हजार पुग्ने तथ्यांक पेस गरेका छन् । 

जसअनुसार साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोज महिनामा ३८ हजार ५९७ र कात्तिकमा ३१ हजार ४४ जना नयाँ संक्रमित थपिनेछन्। मंसिरसम्म यो संख्या घटेर २५ एकसय ८३ मा झर्ने प्रतिवेदनमा उल्लेख छ।  

साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने सम्भावना रहेको लोहनीले जानकारी दिए। पाँच महिनाको अवधिमा थपिएका नयाँ संक्रमितहरुमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने छ । तीमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यकता पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।