काठमाण्डौ । नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ लाख नाघेको छ। 

पछिल्लो २४ घन्टामा अवधिमा देशभर ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ लाख नाघेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ७०८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जनामा र ६ हजार ८७४ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमित संख्या ८ लाख २ हजार ५६६ पुगेको छ।

पछिल्लो २४ घन्टामा निको भएर थप २ हजार ११८ जना डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या ६ लाख ७९ हजार ४९५ पुगेको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ रहेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ। हालसम्म कोरोना मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ।