काठमाण्डौ। नेपालका लागि फोर्ड गाडीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्रालि ले २.० लि. वाई–टर्वाे डिजेल इन्जिन र विश्वमै पहिलो १० स्पिड अटोकेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्टको आज घोषणा गरेको छ। 

यसको सुरुआती नेपाली मूल्य रु. १.९९ करोड रहेको छ। अफ–रोडका उत्कृष्ट प्रदर्शन गर्न सक्ने यस गाडीको सर्भिसिङ मूल्य अत्यन्तै किफायती रहेको छ भने यसमा रहेको विषेश सुविधाहरुले नेपालको प्रिमियम एसयूभी बजारमा २०२२ फोर्ड एभरेष्टले एक नयाँ वेन्चमार्क बनाउने छ। 

विश्व बजार र एसिया क्षेत्रमा फोर्ड एभरेष्ट एकदमै लोकप्रिय एसयूभी हो। पहिलोपटक २००३ मा बजारमा आएको फोर्ड एभरेष्टको अहिलेको दोस्रो संस्करणको मोडल २०१५ देखि बजारमा उपलब्ध भएको थियो। 

परिवारसँगको यात्रा फोर्ड एभरेष्टले एकदमै आरामदायी बनाउँछ। ठूलो गाडी भए पनि एभरेष्ट चलाउन एकदमै सजिलो छ। जसमा भएको लाइट स्टेरिङले पार्किङ गर्दा पनि सहज महसुस गराउँछ। यसबाहेक इन्जिनमा भएको पर्याप्त टर्कको मद्दतले आवश्यक आक्सिलेरेसन पनि सजिलै बढाउन मिल्छ। यस्ता आकर्षक फिचरहरुले फोर्ड एभरेष्ट गाडीलाई ड्राइभिङ गतिशीलतामा विषेश बनाउँछ। 

जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा भन्छन्, ‘फोर्ड एभरेष्टका साथ हामी प्रयोगकर्तालाई उत्कृष्ट क्षमता र क्लास लिडिङ फिचर्स दुवैको उत्कृष्ट संगम भएको आकर्षक एसयूभी उपलब्ध गराउँदै छौँ। एभरेष्टमा भएको इनह्यान्स भ्यालु प्रोपोजिसनका कारण यो एसयूभी गाडी नयाँ ग्राहकको पहिलो रोजाइ बन्नेछ भन्नेमा हामीलाई पूर्ण विश्वास छ।’

फोर्ड एभरेष्ट मा सुन्दर अल न्यू कन्टेम्पोरेरी स्क्वायर डिजाइन ल्याम्प क्लस्टर डिजाइनको अल–एलइडी हेडल्याम्पस छ। एलइडी हेडल्याम्पसले रातीको समयमा विशेष लो र हाई–बमी  दुवैमा २०% धेरै प्रकाश दिन्छ।

यसका साथै फोर्ड एभरेष्टले आकर्षक डिजाइन, अफरोड मा बेजोड क्षमता, उत्कृष्ट सुरक्षा र बेजोड सुविधा दिन्छ। 

इनत्युटिभ कन्ट्रोल

सजिलै ह्यान्ड्स फ्री कल गर्न सकिने। बदलिरहने ट्राफिकको अवस्थामा कन्ट्रोलमा गाडी चलाउन सकिने। तपाइँलाई जे गर्न मन छ, एभरेष्टको इनत्युटिभ  टेक्नोलाजी तपाइँलाई सहयोग गर्न तयार छ। 

पावरफुल  क्षमता

फोर्ड एभरेष्टको आधुनिक २.० लि. वाई –टर्बो डिजेल इन्जिन ले इन्धनको क्षमतामा कुनै अवरोध नगरी २१३ पीएस  को पावर र ५०० एनएम सम्मको टर्क दिन्छ। 

पर्पोज ब्युल्ट अफ–रोड क्यापाविलिटी

चुनौतीपूर्ण र अफ्ठ्यारो बाटोहरुका लागि डिजाइन गरिएको नयाँ एभरेष्ट गाडी सशक्त तयार छ। बाटोको अन्त्यमा के छ थाहा पाउन सकिन्छ। क्षमतावान् एभरेष्टले तपाइँलाई जस्तोसुकै बाटोमा पनि गाडी चलाउन सकिने विश्वास दिन्छ। 

क्लेभर कन्फोर्ट

आकर्षक लेदर अपहल्सटर्ड सिट्स, प्रिमियम इन्टेरियर्स, डुअल क्लाइमेट कन्ट्रोल र डुअल प्यानल सनरुफले एभरेष्ट सँगको हरेक यात्रामा आनन्द दिन्छ।