काठमाण्डौ। ग्रेट वाल मोटर नेपालले इलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न गरी नेपाली बजारमा आधिकारिक रुपमा सार्वजनिक गर्न तयार भएको छ।

ओरा गुड क्याटले रोड परीक्षणमा विभिन्न भूभाग र सडकको अवस्थाहरुमा सराहनीय प्रदर्शन गर्यो। चाहे ओरालो होस वा उकालो, कालोपत्रे राजमार्ग होस् वा ग्राभेल भरिएको अप्ठ्यारो बाटो यो गाडीले सबैतिर उत्तिकै उत्कृष्ट प्रदर्शन गरेको छ। जुन बाटोमा यही सेग्मेन्टका गाडीहरु चलाउन गाह्रो हन्थ्यो, त्यहाँ ओराले ब्याट्रीको स्तर घट्ने तनाब र बिना चालकको सीटमा बसेका व्यक्तिहरुलाई सहज सवारीको अनुभव प्रदान गरायो।

सबै बाटोमा ओरा गुड क्याटको सुन्दर बनावटले सजिलै मानिसहरुको ध्यान आफूतर्फ तान्यो। अत्याधुनिक प्रविधि र वातावरणीय चेतनाको सन्दर्भमा ग्रेट वाल मोटरलाई अगाडी बढाउन यो पक्ष सबैभन्दा महत्वपूर्ण हुन सक्छ।

ओरा गुड क्याट सहर, राजमार्ग र अप्ठ्यारो भूभागमा पनि ड्राइभिङका लागि उपयुक्त रहेको छ र लामो ड्राइभिङ अनुभव पछि विश्वसनयिता र योग्य कन्फिगरेसनको साथ आफूलाई उत्कृष्ट सावित गरेको छ। यो आफ्नो फेसनेवल उपस्थितिको कारण बाटोमा जोसुकैलाई पनि यस गाडी प्रति जिज्ञासु बनाउन सफल भएको छ। यस गाडीले सहरमा ड्राइभिङ गर्दा सहज प्रणालीमार्फत सहयोग गर्दछ र राजमार्गमा आवश्यकताअनुसार धेरै छिटो प्रतिक्रिया देखाउँछ।

ओरा गुड क्याट जर्मनी, अस्ट्रिया, संयुक्त राज्य अमेरिका, जापान र दक्षिण कोरियाका विज्ञहरुसहित हाम्रा विश्वव्यापी टोलीहरुद्वारा राम्रोसँग डिजाइन र विकास गरिएको हो। यसले रेट्रो फ्युचरिस्टिक डिजाइन र स्मार्ट ड्राइभिङ प्रविधिहरुलाई पूर्ण रुपमा एकीकृत गर्दछ। 

ग्रेट वाल मोटर थाइल्यान्डले मात्रै प्रिसेल भएको ४८ घन्टाभित्र ओरा गुड क्याटको लागि ६ हजारभन्दा बढी अर्डरहरु प्राप्त गर्यो। त्यसकारण ओरा गुड क्याट नेपालमा राम्रोसँग रुचाइने र ग्राहकको आवश्यकताअनुसारको हुने विश्वास राखिएको छ। ओरा गुड क्याटले नेपालमा सार्वजनिक भएसँगै नेपाली इलेक्ट्रिक भेइकल इन्डस्ट्रीमा नयाँ दायरा, प्रदर्शन र युवापनमा नयाँ बेन्चमार्क बनाउने विश्वास कम्पनीको छ। 

यसका साथै ओरा गुड क्याटपछि ग्रेट वाल मोटर नेपालले २०२२ भित्र ओराअन्तर्गत थप दुई इलेक्ट्रिक गाडीका भेरियन्टहरु लन्च गर्ने योजना बनाएको छ।