काठमाण्डौ । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले नेपालमा श्रीलंकाको जस्तो संकट नआउने बताएका छन्। 

सिबिफिनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि पठाएको सुझावका विषयमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पौड्यालले यस्तो धारणा राखेका हुन्। ‘हामीकहाँ श्रीलंकाको जस्तो संकट आउँदैन’, उनले भने, ‘भूकम्प, नाकाबन्दी र कोभिडजस्ता संकट हामीले पार गरिसकेका छौँ। त्यसैले अहिले अर्थतन्त्रमा देखिएका केही समस्यासँग लड्न पनि हामी सक्षम छौँ।’

अध्यक्ष पौड्यालले पोलिसीमा भने परिमार्जन आवश्यक रहेको बताए। ‘देशको हालको परिस्थितिअनुसार पोलिसी आउनुपर्छ’, उनले भने।

लगानी गर्ने व्यक्तिहरुले पनि उत्पादनमूलक क्षेत्रलाई रोज्नुपर्ने पौड्यालको भनाइ छ। ‘बैंकले पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ’, उनले भने, ‘यसमा राज्यले पनि पहल गर्नुपर्छ।’