काठमाण्डौ । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ भी२५ सिरिजका स्मार्टफोनहरु – भी२५ फाइभजी र भी२५ई को प्रि–बुकिङ खुला गरेको छ। 

ग्राहकहरुले सेप्टेम्बर ४ देखि ७ सम्म (भदौ १९ देखि भदौ २२ गते सम्म) भी२५ सिरिजका स्मार्टफोनको प्रि–बुकिङ गरी भी२५ फाइभजीको प्रि–बुकिङमा आकर्षक उपहार भिभो नेकब्यान्ड र भी२५ई को प्रि–बुकिङमा एंकर यूआई नेकब्यान्ड पाउँन सक्नेछन्। भी सिरिज उत्कृष्ट डिजाइन, शक्तिशाली प्रदर्शन र अपग्रेडेड विशेषताहरुको साथ आउँछ। बहुप्रतिक्षित भी२५ सिरिज चाँडै नै नेपाली प्रयोगकर्ताहरुका लागि उपलब्ध हुनेछ। 

भी२५ र भी२५ई दुबैमा रंग परिर्वतन हुने ग्लास प्रविधि छ। जसले गर्दा स्मार्टफोन प्रत्यक्ष सूर्यको प्रकाशमा पर्दा रङ परिवर्तन हुन्छ। यसका साथै दुवै स्मार्टफोनमा फ्लोराइट एजी ग्लास प्रयोग गरिएको छ जसले फोनलाई अझ बढि आकर्षक बनाउँछ। भी२५ सिरिज हल्का तौल र स्टाइलिश डिजाइनमा उपलब्ध हुनेछ। 

भी२५ श्रृंखला, भिभोको भी श्रृंखलाको नयाँ स्मार्टफोन हो जसले उत्कृष्ट क्यामेरा क्षमताहरु प्रदान गर्दछ र प्रयोगकर्ताहरुलाई स्पष्ट र स्थिर तस्वीरहरु खिच्न मद्दत गर्दछ। भी २५ फाइभजी र भी२५ई दुवैमा ६४एमपी ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) अल्ट्रा सेन्सिङ रियर क्यामेरा छ जसले कम ब्राइटनेस र हल्लिएको ब्लर फोटाहरुलाई स्पष्ट बनाउँछ। 

त्यस्तै भी२५ फाइभजीमा ५०एमपी अटो फोकस पोट्र्रेट फ्रन्ट क्यामेरा रहेको छ जसले उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्दछ। यसका साथै भी२५ई मा ३२एमपी फ्रन्ट क्यामेरा रहेको छ जसले प्रयोगकर्ताहरुलाई फोटोग्राफी अनुभव पुनः परिभाषित गर्न उत्कृष्ट–इन–क्लास इमेजिङ प्रविधि प्रदान गर्दछ।

भी२५ सिरिजको दुवै स्मार्टफोनहरुमा शक्तिशाली प्रोसेसरहरु छन्, भी२५ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ९०० प्रोसेसर प्रयोग गरिएको छ भने भी२५ई मा मिडिया टेक हेलियो जी९९ प्रोसेसर प्रयोग गरिएको छ। भी२५ सिरिजका दुवै स्मार्टफोनमा शक्तिशाली ४५०० एमएएच ब्याट्री रहेको छ जसलाई ४४वाट फ्ल्यासचार्जले समर्थन गर्दछ। यसका साथै स्मुद अनुभवका लागि भी२५ सिरिजमा ८जीबी र्याम र १२८ जीबी रोम रहेको छ जसमा ८जीबीको एक्सटेन्डेड र्याम पनि रहेको छ।  

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, ‘भिभोले फोटोग्राफी केन्द्रित ब्रान्डको रूपमा आफूलाई स्थापित गर्दै आएको छ। भी२५ सिरिजले आफ्ना प्रयोगकर्ताहरुलाई अत्याधुनिक क्यामेरा र इमेजिङ प्रविधि प्रदान गर्दछ। दुवै स्मार्टफोनहरु, भी२५ फाइभजी र भी२५ई ले सेग्मेन्टकै उत्कृष्ट विशेषताहरु र चौतर्फी अनुभव प्रदान गर्दछ जसका लागि फ्यानहरुले भी सिरिजलाई व्यापक रूपमा मन पराएका छन्। भी२५ शृंखलामा हामीले अत्याधिक रुचाइएको कलर चेन्जिङ ग्लास डिजाइन ल्याएका छौँ। धेरै प्रशंसा र मायाको साथ, भी२५ सिरिज अब नेपालभर प्रि–बुकिङको लागि खुला गरेका छौं। भिभो फ्यानहरुले यसलाई पनि धेरै मन पराउनु हुनेछ भन्ने हामी आशावादी छौँ।’ 

नयाँ स्मार्टफोेन खोजिरहेको सबैका लागि, भी२५ फाइभजी दुईवटा कलर भेरियन्ट –अक्वामेरिन ब्लू र डायमन्ड ब्ल्याकमा उपलब्ध हुनेछ र यसको मूल्य रु. ५२ हजार ९९९ रहेको छ। भिभो भी२५ई को मूल्य रु. ४२ हजार ९९९ रु छ र यो दुई कलर भेरियन्ट–सनराइज गोल्ड र डायमण्ड ब्ल्याकमा उपलब्ध हुनेछ। भी२५ सिरिज ४ सेप्टेम्बरदेखि ७ सेप्टेम्बरसम्म प्रि–बुकिङका लागि खुला गरिएको छ।