-धर्म मलाशी

काठमाण्डौ । अटो मोबाइल डिलरहरुको संगठन, नाडाले सवारी तथा ढुवानी साधन आयातकर्ता कम्पनीहरुको अधिकतम मूल्यसूची सार्वजनिक गरेको छ। नाडाले विभिन्न सवारी तथा ढुवानीका साधन आयातकर्ताहरुको अधिकतम मूल्यसूचि(एमआरपी) सार्वजनिक गरेको हो । 

यहाँ सार्वजनिक भएको नयाँ मूल्यसूचिअनुसार कुन कम्पनीको चारपांग्रे गाडी कुन रेञ्जको मूल्यमा पाइन्छ भन्ने कुरा बुँदागत रुपमा प्रस्तुत गरिएको छ:

फोर्ड(वितरक:गो अटो मोबाइलस् प्रा.लि)
फोर्डको २० वटा भेरियन्टको मूल्यसूची सार्वजनिक गरिएको छ । फोर्डको सबैभन्दा सस्तो भेरियन्ट फिगो १.२ लि.पेट्रोल टिटानियम हो । यो ह्याचब्याक कारको मूल्य ३० लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसको क्षमता ११९४ सिसि रहेको छ । त्यस्तै फोर्डको सबैभन्दा महंगो कारको मूल्य १ करोड ५९ लाख तोकिएको छ । यो कार र्याप्टर डिएसएल २.० लि. हो । यसको इञ्जिन क्षमता १९९६ सिसि रहेको छ । 

रेनल्ट(वितरक, एडभान्र्ड अटोमोबाइल्स प्रा.लि)
रेनल्टको २४ वटा भेरियन्टका गाडी नेपाली बजारमा उपलब्ध छन् । यसको सबैभन्दा सस्तो भेरियन्ट रेनल्ट क्विडको मूल्य २३ लाख ९० हजार तोकिएको छ । यो पेट्रोल कारको क्षमता ९९९ सिसि रहेको छ । त्यस्तै रेनल्टको सबैभन्दा महंगो कार रेनल्ट क्याप्टरको मूल्य ५९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यसको इञ्जिन क्षमता १४६१ सिसि रहेको छ । 

 

फोटोन(वितरक, एमएडब्लु भिद्दी कर्मसियल प्रा.लि) 
फोटोनको सातवटा भेरियन्टको मूल्यसूची सार्वजनिक भएको छ । फोटोनको सबैभन्दा सस्तो भेरियन्ट टुनल्याण्ड डबलक्याबको मूल्यको मूल्य ४५ लाख ५० हजार तोकिएको छ । त्यस्तै सबैभन्दा महंगो भेरियन्टको मूल्य १ करोड तोकिएको छ । 

जीप(वितरक, लाइफ अटोमोबाइल प्रा.लि) 
जीपको सबैभन्दा सस्तो भेरियन्ट जीप कम्पासको मूल्य ७५ लाख ९० हजार तोकिएको छ । पेट्रोल इन्जिन भएको यसको क्षमता १३६८ सिसि रहेको छ । त्यस्तै जीपको सबैभन्दा महंगो भेरियन्ट जीप एसयुभिको मूल्य २ करोड ५९ लाख ९० हजार तोकिएको छ । पेट्रोल इन्जिन भएको यसको क्षमता २९८५ रहेको छ । 

साङयोङ(आयातकर्ता, आइएमएस मोटर्स प्रा.लि) 
कोरियन कम्पनी साङयोङको सबैभन्दा सस्तो भेरियन्ट एक्सएलभि सेमि लोडेडको मूल्य ५८ लाख ९९ तोकिएको छ । पेट्रोल इञ्जिन भएको यसको क्षमता १५९७ सिसि रहेको छ । त्यस्तै सबैभन्दा महंगो भेरियन्ट रेक्सटन एटि फुल्ली लोडेड एसयुभिको मूल्य १ करोड ५४ लाख ९९ हजार तोकिएको छ । डिजेल इन्जिन भएको यो गाडी २१५७ सीसीको हो । 

महिन्द्रा(वितरक, अग्नी इन्कर्परेटेड प्रा.लि) 
महिन्द्राको सबैभन्दा सस्तो भेरियन्ट महिन्द्रा बोलेरो पावर प्लस एसएलएक्स २डब्लुडि ७ एसटिआरको मूल्य ३४ लाख ८५ हजार तोकिएको छ । यसको इञ्जिन क्षमता १४९३ सिसि रहेको छ । त्यस्तै सबैभन्दा महंगो भेरियन्ट महिन्द्रा एक्सयुभि ५०० एडब्लुको मूल्य ८५ लाख २५ हजार निर्धारण गरिएको छ । यो २१७९ सिसिको गाडी हो । 

भोल्सवागेन(वितरक, पूजा इन्टरनेशनल नेपाल प्रा.लि) 
भोल्सवागेनको सबैभन्दा किफायती मोडेल पोलो टिएल प्लस १.० लि पेट्रोलको मूल्य २९ लाख ४५ हजार तोकिएको छ । यसको क्षमता ९९९ सिसि रहेको छ । त्यस्तै सबैभन्दा महंगो मोडेल टिगुआन २.० लि पेट्रोल ७ सिटरको एचएलको मूल्य १ करोड ५८ लाख निर्धारण गरिएको छ । यसको क्षमता १९८४ रहेको छ । 

एमजि(आयातकर्ता, पारामाउण्ट मोटर्स प्रा.लि )
एमजिको सबैभन्दा सस्तो भेरियन्ट एमजि जेटएस १.५ लि एटि कमको मूल्य ५३ लाख ५० हजार तोकिएको छ । त्यस्तै सबैभन्दा महंगो भेरियन्ट एमजि जिएस २.० लि एटि एडब्लु लक्सको मूल्य ८१ लख ५० हजार तोकिएको छ । 

प्यूगोट (वितरक, सांग्रिला मोर्टस प्रा.लि) 
प्यूगोटको सबैभन्दा सस्तो भेरियन्ट प्यूगोट पार्टनर टिपिको मूल्य ५५ लाख तोकिएको छ । यसको क्षमता ४९ किलोवाट रहेको छ । त्यस्तै सबैभन्दा महंगो भेरियन्ट प्योउग्योट ५००८ जिटि लाइनको मूल्य १ करोड ४५ लाख तोकिएको छ । यसको क्षमता १५९८ सिसि रहेको छ । 

होन्डा(स्याकर ट्रेडिङ कम्पनी प्रा.लि) 
होन्डाको सबैभन्दा सस्तो भेरियन्ट होन्डा डब्लुआरभि भिएक्स एमटिको मूल्य २९ लाख २५ हजार तोकिएको छ । यसको क्षमता ११९८ सिसि रहेको छ । त्यस्तै होन्डाको सबैभन्दा महंगो भेरियन्ट होन्डा सिआर भि को मूल्य १ करोड ४३ लाख ९९ हजार निर्धारण गरिएको छ । यसको क्षमता १६०० सिसि रहेको छ । 

टोयोटा(वितरक, युनाइटेड ट्रेडर्स प्रा.लि) 
टोयोटाको सबैभन्दा सस्तो भेरियन्ट रस एट हाईको मूल्य ८४ लाख तोकिएको छ । यसको क्षमता १४९६ सिसि रहेको छ । त्यस्तै सबैभन्दा महंगो भेरियन्ट ल्याण्ड क्रुजर स्टेशन वागेन अटो भि यक्स आरको मूल्य ४ करोड ६५ लाख तोकिएको छ । यसको क्षमता ४४६१ सिसि रहेको छ ।

ह्युन्डाई, (वितरक, लक्ष्मी इन्टर कन्टीनेन्टल प्रा.लि) 
ह्युन्डाइको सबैभन्दा सस्तो भेरियन्ट स्यान्ट्रो इराको मूल्य २३ लाख ९६ हजार तोकिएको छ । यसको क्षमता १०८६ सिसि रहेको छ । त्यस्तै सबैभन्दा महंगो भेरियन्ट सान्ता एफई जिएलएस एटि ४ डब्लुडिको मूल्य १ करोड ४५ लाख ९६ हजार तोकिएको छ । यसको क्षमता २१९९ सिसि रहेको छ ।

स्कोडा(वितरक एमएडब्लु इन्टरप्राइजेज प्रा.लि) 
स्कोडाको सबैभन्दा सस्तो भेरियन्ट र्यापिड एक्टीभ राइडर टिएसआईएमटिको मूल्य ३४ लाख ९० हजार तोकिएको छ । यसको क्षमता ९९९ सिसि रहेको छ । त्यस्तै सबैभन्दा महंगो भेरियन्ट सुपर स्पोटलाइन १.८ एटिको मूल्य १ करोड २३ लाख रहेको छ । यसको क्षमता १७९८ सिसि रहेको छ । 

टाटा(वितरक, सीप्रदि ट्रेडिङ प्रा.लि)
टाटाको सबैभन्दा सस्तो भेरियन्ट कार टियागो एक्सईको मूल्य २४ लाख ९९ हजार तोकिएको छ । यसको क्षमता ११९९ सिसि रहेको छ । सबैभन्दा महंगो भेरियन्ट एसयुभि हेक्सा एक्सटि ४ वाई ४ सफारीको मूल्य ९१ लख ५५ हजार तोकिएको छ । यसको क्षमता २१७९ रहेको छ । 

डाट्सन(पायोनियर मोटर कर्प प्रा.लि)
डाट्सनको सबैभन्दा सस्तो भेरियन्ट रेडि गो को मूल्य १९ लाख ९९ हजार तोकिएको छ । यसको क्षमता ७९९ सिसि रहेको छ । सबैभन्दा महंगो भेरियन्ट न्यु गोको मूल्य २७ लाख ९९ हजार तोकिएको छ । यसको क्षमता ११९८ सिसि रहेको छ । 

निशान(पायोनियर मोटर कर्प प्रा.लि) 
निशानको सबैभन्दा सस्तो भेरियन्ट मिक्रा ह्याच ब्याकको मूल्य २८ लाख ८४ हजार तोकिएको छ । यसको इन्जिनको क्षमता ११९८ सिसि रहेको छ । त्यस्तै सबैभन्दा महंगो भेरियन्ट प्याट्रोलको मूल्य २ करोड २१ लख ३९ हजार तोकिएको छ । यसको क्षमता ३ हजार सिसि रहेको छ ।