काठमाण्डौ । करिब चार महिनादेखिको लकडाउन खुलेसँगै सडकमा चहलपहल बढेको छ। नेपालको अर्थतन्त्र चलायनमान हुन थालेको छ। 

योसँगै ठप्पप्रायः रहेको अटो सेक्टर पनि जुर्मुराउन थालेको छ। यसैक्रममा अटो मोबाइल डिलरहरुको संगठन नाडाले विभिन्न सवारी तथा ढुवानीसाधन आयातकर्ता कम्पनीहरुको अधिकतम मूल्यसूची सार्वजनिक गरेको छ। 

अहिले नेपालमा दुईपांग्रे सवारीसाधन (मोटरसाइकल र स्कुटर) शौखिन बढेका छन्। उपभोक्ताले हाम्रो क्षमता र चाहनाअनुसार दुईपांग्रे सवारीसाधनको छनोट गर्ने गरेका छन्। 

नाडाले सार्वजनिक गरेको आयातकर्ता कम्पनीहरुको अधिकतम मूल्यसूचीमा न्यूनतम १ लाख ५२ हजार रुपैयाँदेखि अधिकतम १ करोड ४१ लाख ९० हजार रुपैयाँसम्मका बाइक तथा स्कुटरहरु छन्। आउनुस् हेरौँ  विभिन्न ब्रान्डका बाइक तथा स्कुटहरु नेपालमा कतिसम्म पर्छन् ?

बाइक/स्कुटर 

रनर मोटरसाइकल (वितरक– रमन मोटर्स प्रालि) 

रनर मोटरसाइकलको सबैभन्दा सस्तो भेरियन्ट ‘बाइक आरटी’ को मूल्य १ लाख ५२ हजार रुपैयाँ तोकिएको छ। यसको क्षमता ८० सीसीको रहेको छ। त्यस्तै सबैभन्दा महँगो भेरियन्ट ‘हक’ को मूल्य ३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसको क्षमता २०० सीसी रहेको छ। यी दुवै बाइक बंगलादेशमा निर्माण गरिएका हुन्। 

हिरो (वितरक– नेपाल जनरल मार्केटिङ प्रालि) 

स्कुटर 

हिरो स्कुटरको सबैभन्दा सस्तो भेरियन्ट ‘हिरो प्लेजर’ को मूल्य १ लाख ७६ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। यसको क्षमता १०२ सीसी रहेको छ। त्यस्तै सबैभन्दा महँगो भेरियन्ट ‘हिरो डेस्टिनी’ को मूल्य २ लाख १० हजार रुपैयाँ तोकिएको छ। यसको क्षमता १२५ सीसी रहेको छ। 

मोटरसाइकल

हिरो मोटरसाइकलको सबैभन्दा सस्तो भेरियन्ट ‘हिरो एचएफ डीएलएक्स डीआरएस’ को मूल्य १ लाख ६६ हजार ५०० रुपैयाँ तोकिएको छ। यसको क्षमता १०० सीसी रहेको छ। त्यस्तै सबैभन्दा महँगो भेरियन्ट ‘हिरो एक्सपल्स २००’ को मूल्य ३ लाख ८८ हजार रुपैयाँ तोकिएको छ। यसको क्षमता २०० सीसी रहेको छ। 

अगस्टा (आयातकर्ता– भेलोसिटी प्रालि)

मोटरसाइकल

अगस्टा मोटरसाइकलको सबैभन्दा सस्तो भेरियन्ट ‘एफ३–६७५’ को मूल्य ४३ लाख ९० हजार तोकिएको छ। यसको क्षमता ६७५ सीसी रहेको छ। त्यस्तै सबैभन्दा महँगो भेरियन्ट ‘बी–फोर सिरी ओआरओ’ को मूल्य १ करोड ४१ लख ९० हजार रुपैयाँ तोकिएको छ। यसको क्षमता ९९८ सीसी रहेको छ। यी दुवै बाइक इटलीमा निर्माण गरिएका हुन्। 

बजाज (वितरक– हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि)

बजाजको सबैभन्दा सस्तो भेरियन्ट ‘बजाज प्लाटिना १०० ईएस’ को मूल्य १ लाख ६७ हजार ९०० रुपैयाँ तोकिएको छ। यसको क्षमता १०२ सीसी रहेको छ। त्यस्तै सबैभन्दा महँगो भेरियन्ट ‘बजाज डोमिनार ४०० एबीएस’ को मूल्य ५ लाख २९ हजार ९०० तोकिएको छ। यसको क्षमता ३७३.२७ सीसी रहेको छ। 

यमाहा (वितरक– एमएडब्ल्यू इन्टरप्राइजेज प्रालि) 

स्कुटर 

यमाहाको सबैभन्दा सस्तो भेरियन्टको स्कुटरको ‘यमाहा रे जेट (बी–८१३)’ को मूल्य १ लाख ९५ हजार ९०० रुपैयाँ तोकिएको छ। यसको क्षमता ११३ सीसी रहेको छ। त्यस्तै सबैभन्दा महँगो स्कुटरको भेरियन्ट ‘यमाहा एन म्याक्स (२–डीपीएफ)’ को मूल्य ४ लाख ५९ हजार ९०० निर्धारण गरिएको छ। 

मोटरसाइकल

यमाहाको सबैभन्दा सस्तो भेरियन्ट ‘यमाहा स्यालुटो ड्रम यूबीएस’ को मूल्य २ लाख ५ हजार ९०० रुपैयाँ तोकिएको छ। यसको क्षमता १२५ सीसी रहेको छ। त्यस्तै सबैभन्दा महँगो भेरियन्ट ‘यमाहा आर–१५ भीथ्री एबीएस’ को मूल्य ४ लाख ६४ हजार ९०० रुपैयाँ तोकिएको छ। यसको क्षमता १५५ सीसी रहेको छ। 

सुजुकी (बिक्रेता– भीजी अटो मोबाइल्स प्रालि)

मोटरसाइकल

सुजुकीको सबैभन्दा सस्तो भेरियन्ट ‘हायेट (जीई–११०–डीडीए)’ को मूल्य १ लाख ८५ हजार ९०० तोकिएको छ। यसको क्षमता ११३ सीसी रहेको छ। त्यस्तै सबैभन्दा महँगो भेरियन्ट ‘जिक्सर एसएफ २५० जीपी’ को मूल्य ५ लाख १ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ। यसको क्षमता २४९ सीसी रहेको छ। 

स्कुटर

सुजुकीको सबैभन्दा सस्तो भेरियन्ट ‘लेट्स (यूआर ११० ईजेड्)’ को मूल्य १ लाख ९३ हजार रुपैयाँ रहेको छ। यसको क्षमता ११३ सीसी रहेको छ। त्यस्तै सबैभन्दा महँगो भेरियन्ट ‘बर्गम्यान (यूबी–१२५ ईएम)’ को मूल्य २ लाख ३५ हजार ९०० तोकिएको छ। यसको क्षमता १२५ सीसी रहेको छ। 

होन्डा (वितरक– स्याकर ट्रेडिङ कम्पनी प्रालि)

स्कुटर 

होन्डाको सबैभन्दा सस्तो भेरियन्ट ‘होन्डा नाभी’ को मूल्य १ लाख ५४ हजार रुपैयाँ तोकिएको छ। यसको क्षमता ११० सीसी रहेको छ। त्यस्तै सबैभन्दा महँगो भेरियन्ट ‘होन्डा ग्राजिया डीएसएस’ को मूल्य २ लाख ३९ हजार ९०० तोकिएको छ। यसको क्षमता १२५ सीसी रहेको छ।

बाइक 

होन्डाको सबैभन्दा सस्तो भेरियन्टको ‘होन्डा सीडी ड्रिम डीएलसी’ को मूल्य १ लाख ८४ हजार ९०० रुपैयाँ तोकिएको छ। यसको क्षमता ११० सीसी रहेको छ। त्यस्तै सबैभन्दा महँगो भेरियन्ट ‘होन्डा सीबीआर–६००’ को मूल्य ३४ लाख ५० हजार रुपैयाँ तोकिएको छ। यसको क्षमता ६०० सीसी रहेको छ। 

टीभीएस (वितरक– जगदम्बा मोटर्स प्रालि)

मोटरसाइकल

टीभीएसको सबैभन्दा सस्तो भेरियन्ट ‘टीभीएस र्याडिओन’ को मूल्य १ लाख ८५ हजार ९०० रुपैयाँ तोकिएको छ। यसको क्षमता ११० सीसी रहेको छ। त्यस्तै सबैभन्दा महँगो भेरियन्ट ‘टीभीएस आरटीआर ३१०’ को मूल्य ७ लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ। यसको क्षमता ३१० सीसी रहेको छ। 

स्कुटर

टीभीएस स्कुटरको सबैभन्दा सस्तो भेरियन्ट ‘टीभीएस जेस्ट–११०’ को मूल्य १ लाख ७८ हजार ९०० तोकिएको छ। यसको क्षमता ११० सीसी रहेको छ। त्यस्तै सबैभन्दा महँगो भेरियन्ट ‘टीभीएस एनटर रेस इडिसन’ को मूल्य २ लाख ४८ हजार ९०० रुपैयाँ तोकिएको छ। यसको क्षमता १२५ सीसी रहेको छ।